MENU

समाज

USAID

​बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर महोत्सव हुने

बर्दिया, पुस २७ – बर्दियाको बबई नगरपालिकाको भुरिगाउँमा बबई नगर उद्योग बाणिज्य संघले ‘प्रथम बबई नगर उद्योग व्यापार, कृषि, तथा पर्यटन महोत्सव २०७३’ आयोजना गर्ने भएको छ । 

बबई नगरपालिका–२ भुरीगाउँको सिंहबाहीनी खेल मैदानमा माघ १४ गतेदेखि सञ्चालन हुने महोत्सवको लक्ष्य र उदेश्यसहित बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । 

समृद्ध बर्दियाको आधार कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ बर्दियाको पहिचानका साथै कला संस्कृतिको जर्गेना, कृषि प्रदर्शनी, पर्यटकीय विकास, आर्थिक सबृद्धी गराउन, र वन्यजन्तु संरक्षणका लागि टेवा पुर्‍याउने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम रहेको छ । बर्दिया निकुञ्ज नजिकको जैबिक विबिधता, प्राकृतिक स्रोत, सुन्दरता तथा सांस्कृतिक समृद्धिको पहिचान प्रचार प्रसार तथा प्रबद्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन थालेको संयोजक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया