MENU

राजनीति

USAID

पहाड र तराई अगल गराएर दुई राष्ट्रियता बनाउन खोजियो : नेता पोख्रेल

पाल्पा, पुस २७ – नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधनमार्फत पहाड र तराईलाई अगल बनाएर दुई राष्ट्रियता बनाउन खोजिएको आरोप लगाउनुभएको छ । 

पहिलो चरणमा ५ नम्वर प्रदेशको पहाडी जिल्लालाई तराईबाट अलग गराउने र पछि अन्य प्रदेशमा जोडिएको पहाडी जिल्लालाई पनि अलग गराएर समग्र मधेस एक प्रदेश बनाउँदै देशलाई विभाजन गर्ने अभियानका साथ संविधान संशोधनको प्रस्ताव आएको नेता पोखरेलले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले बुधवार तानसेनमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षको विरोधका बावजुद पनि सरकारले विधेयक पेश गर्नु संसदीय मूल्य र मान्यता विपरित भएको बताउनुभयो । जालझेल गरी पेश भएको विधेयक कुनै हालतमा पास हुन नदिने उहाँको अडान छ ।

अहिले सरकारले चुनावका कुरा गरेर जनता अल्मल्याउने काम गरेको भन्दै उहाँले निर्वाचनमा भाग लिन एमाले आतुर भएको उल्लेख गर्नुभयो । उहाँले त्यस अघि पार्टी सरकारमा सहभागी नहुने पनि बताउनुभयो । 

वर्तमान सरकारले स्थानीय निर्वाचन गराउन नसके देशमा संवैधानिक संकट निम्तिने भएकोले चुनाव सम्वन्धी हरेक क्रियाकलापमा एमाले जति बेला पनि साथ दिन तयार रहेको नेता  पोखरेलको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया