MENU

समाज

Ncell Axiata
USAID

न्यायमा गरिबलाई पहिलो प्राथमिकता : प्रधान न्यायधीश कार्की

खोटाङ, पुस २७ – प्रधान न्यायधीश सुशीला कार्कीले हरेक न्यायलयले गरिब, निमुखा र पीडितलाई पहिलो प्राथमिकतामा राखेर न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला अदालत खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधान न्यायधीश कार्कीले अझैपनि न्यायलयप्रति सर्वसाधारणको गुनासो आइरहेको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । 

उहाँले निमुखा, गरिब तथा अदालतसम्म पुगेर खर्च गर्न नसक्ने सर्वसाधारणप्रति न्यायकर्मी समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ । असल डाक्टर सामु पुगेका बिरामीले ‘बाँच्छु’ भन्ने महसुस गरे झैँ न्यायलयमा पुग्ने सेवाग्राहीलाई न्याय पाउनेमा निश्चिन्त पार्न सक्नु पर्ने कार्कीको भनाई थियो । 

प्रधान न्यायधीश कार्कीले भन्नुभयो ‘बिना झन्झट, उदार र सहयोगी व्यवहारका बिच न्याय पाउने वाताबरण न्यायलयमा बनाइनु पर्छ ।’ न्यायपालिकामा चाँडोभन्दा चाँडो मुद्धा किनारा लगाउने र पक्षपातरहित निसाफ गर्ने व्यवस्था भए मात्र हरेक न्यायलय सबैको आस्थाको धरोहर बन्ने प्रधान न्यायधीश कार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया