MENU

समाज

Ncell Axiata
NIC Asia

विस्थापित भएको २५ वर्षपछि माझी परिवारलाई घर

बागलुङ, पुस २७ – राजमार्ग बिस्तारका क्रममा विस्थापित भएका बागलुङका माझी परिवारको एक बर्षभित्र घर निर्माण गरिने भएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाबासबाट विस्थापित

भएका १४ माझी परिवारलाई अबको एक बर्षभित्र नयाँ घर पाउने गरी बागलुङ नगरपालिकाले बुधबार निर्माण कम्पनीसँग सम्झौता गरेको । 

सम्झौता पत्रमा कार्यालयको तर्फबाट बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी र निर्माण कम्पनीका तर्फबाट नारायण जिसीले हस्ताक्षर गर्नुभएको छ ।

नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्र्रतिशत बागलुङ नगरपालिकाको सहयोगमा मुक्तिनाथ निर्माण सेवाले ८२ लाख ३० हजार रुपैयाँमा निर्माणको जिम्मा लिएको छ । बाङ्गेचौर र मालढुंगामा बस्दै आएका माझी परिवारको घर निर्माणका लागि बागलुङ नगरपलिका–१ खनियाबासमा नगरपालिकाले ४२ आना जग्गा खरिद गरेको छ । त्यस जग्गामा प्रति परिवार ट्वाइलेट, एटेच बाथरुम, किचन सहित ३ वटा कोठा बनाइने माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

यसरी निमार्ण सम्मपन्न गरेपछि अबको एक बर्षमा माझी परिवारलाई लालपूर्जासहित घर हस्तान्तरण गरिने
बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​सोलुखुम्बुको बागमको एक घरमा आगलागी

    सोलुुखुम्बु, पुस २ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ बागमको एक घरमा आगलागी हुदाँ झण्डै ७० लाख बराबरको क्षति भएकोे छ । नीय तेन्डि शेर्पाको घरमा शनिबार बेलुका ग्यास लिग भएर आगलागी हुदाँ यति क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

  • लिफ्ट मागेर मोटरसाइकल चढेका सुनारको खसेर मृत्यु

    काठमाडौं, पुस २ – काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • भारत पस्दै छन् १४ वर्षका कमलदेखि ६५ वर्षका गम्भीरेसम्म

    बैतडी, पुस २ – बैतडीको गाठालापानीमा मानिसको लस्कर भेटियो । उनीहरु आराम गरिहेका थिए । तीनै मध्येका एक थिए, कमल बोहरा । उनको उमेर १४ वर्ष भयो ।

  • खाेलामा माछा मार्न जाँदा करेन्ट लागेर मृत्यु

    नुवाकोट, पस १ – लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अवैद्य रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङ ज्यान गएको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा बनाउँदै गरेको घर भत्किँदा एकको मृत्यु

    जाजरकोट, पुस १– जाजरकोटमा बन्दै गरेको घर भत्किँदा कुशे गाउँपालिका ६ छहरा गाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा शुक्रबार साँझ कुशे गाउँपालिका –३, की ४८ वर्षीया दुर्गा बुढाको ज्यान गएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया