MENU

राजनीति

Ncell Axiata
USAID

बर्खास्तमा परेका ज्ञवाली अदालत जाने

काठमाडौं, पुस २७ – सरकारद्वारा बर्खास्तमा परेका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली अदालन जानु हुने भएको छ । सरकारले बर्खास्त गरेलगत्तै विज्ञप्ति निकालेर ज्ञवालीले आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको भन्दै कानुनी उपचार खोज्ने बताउनुभएको छ ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा आफूलाई २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि नियुक्ति गरिएको ज्ञवालीले दावी गर्नुभएको छ ।

पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा आफूले अघि बढाईरहेको र अन्तर्राष्ट्रिय समुदायले समेत आफ्नो कामको प्रशंशा गरिरहेका बेलामा सरकारले अन्यायपूर्ण निर्णय गरेको ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ ।

पद मुक्त गर्ने सरकारको निर्णयबाट आफू आश्चर्यमा परेको उहाँले उल्लेख गर्नुभएको छ । ‘ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले मलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट हटाएको भन्ने जानकारी प्राप्त भएकोमा आश्चर्य लागेको छ’ ज्ञवालीले विज्ञप्तिमा लेख्नुभएको छ ।

पूर्व निर्धारित कार्यक्रम र योजना अनुसार भूकम्प पीडित भई अनुदान प्राप्त गर्ने छनौट सूचीमा परेका ६ लाख २६ हजार ३६ घरधनीहरु मध्ये पुस २७ गतेसम्म ५ लाख ४७ हजार २ सय २९ घरधनीसँग अनुदान सम्झौता भई ४ लाख ७३ हजार ५ सय ५५ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

दुई पटक स्पष्टिकरण सोधेको सरकारले स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेलालाई सिइओ नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • स्थानीय तहको संख्या थप हुँदै, छलफलबाट थप संख्या टुंग्याउने

    काठमाडौं, फागुन ९ – स्थानीय तहको संख्या थप हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकमा नम्बर २ प्रदेशसहित तराईमा जनघनत्वका आधारमा स्थानीय तहको संख्या थप गर्ने मन्त्रीस्तरीय समितिको सुझावलाई कार्यान्वयन गर्ने सहमति भएको हो ।

  • प्याब्सनको १३ औँ महाधिवेशन आजदेखि

    काठमाडौं, फागुन ९ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।

  • राप्रपाको नयाँ कार्यसमिति चयनका आज अबेर मतदान हुने

    काठमाडौं, फागुन ९ – राप्रपाको नयाँ कार्यसमितिका लागि सोमबार मतदान ढिलो हुने भएको छ । उम्मेद्वारको नाममा दावी विरोध तथा नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने काम बाँकी नै रहेको तथा उम्म्द्वारको नाम र क्रमांक मिलाउन बाँकी नै रहेकाले सोमाबार दिउँसो पनि अबेरपछि मात्र मतदान सुरुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

  • एकै चरणमा सक्नेगरी वैशाखमै चुनाव, आज मिति घोषणा हुने

    चुनाव हुने या नहुने अन्योलकाबिच सरकारले सोमबार मिति घोषणा गर्दैछ । असन्तुष्ट मधेसी मोर्चाको माग पूरा गर्ने आश्वासनसहित सरकारले वैशाख अन्तिममा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागेको हो ।

  • रेखा थापा र कोमल ओलीले पनि राप्रपाको सदस्यमा उम्मेदवारी दिए

    काठमाडौं, फागुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया