MENU

समाज

Ncell Axiata
USAID

१३ पटक चोरी, ४ पटक जेल, अब होला त चोर्ने बानी फेल ?

काठमाडौं, पुस २७ – महानगरीय प्रहरी अपराध महाशाखाले श्रङ्खलाबद्ध रुपमा चोरी गर्ने तथा लुट्ने एक लुटेरालाई पक्राउ गरेको छ । महाशाखाले मंगलबार रामेछापको दोरम्बा–८ का २९ वर्षे टिकाबहादुर थापालाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनहरा नगरपालिका–९ दक्षिण ढोकाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अपराध महाशाखाले कारबाहीका लागि महानगरीय प्रहरी वृत ठिमी पठाएको छ ।

उनको साथबाट प्रहरीले तीन लाख रुपैयाँ, मन्दिरा अधिकारीको नाममा जारी भएको लाइसेन्स एक वटा, ४ वटा मोवाइल, मोटरसाइकल १ वटा, लुटपाट गर्न जाँदा प्रयोग गर्ने ज्याकेट तथा जुत्ताहरु, एम कला भन्डारीको ग्लोबल आइएमइ बैंकको चेकबुक, एम कला भन्डारीको नागरिता प्रमाण पत्र र रातो बुट्टा भएको ढाकाको लेडिज  ब्याग बरामद गरेको छ ।

उनले गत पुस २२ गते भक्तपुर कौशलटारमा एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए । त्यसपछि प्रहरीले सिसिटिभी निगरानीबाट थापालाई पक्राउ गरेको थियो । 
 
प्रहरीका अनुसार उनले पछिल्लो तीन वर्षमा १५ पटक चोरी तथा डकैती गरेका छन् । त्यस्तै चोरी तथा डकैती मुद्धामा उनी अहिलेसम्म चार पटक जेल बिताएका छन् ।

२०६४ साल बैशाख ६ गते डाँका मुद्दामा उनी पक्राउ परे । त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए । फेरि उनी २०६८ साल असार २४ गते मोटरसाइकल चोरी मुद्धामा पक्राउ परेर जेल गए । आठ महिना जेल जीवन बिताउँदै उनी फागुन ५ गते जेलबाट छुटे । 

जेलबाट छेुटेपनि उनको चोर्ने काम छुटेन । फेरि २०६९ साउनमा उनी चोर्दा चोर्दै पक्राउ परे । पछिल्लो पटक उनी २०७२ असार ७ गते पक्राउ परि २६ लाख धरौटीमा छुटेका थिए ।

यसरी बारम्बार चोरी तथा लुटपाट गर्दै छुटेका उनीलाई अहिले फेरि प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेर जेल पठाए पनि फेरि उनको बानी सुध्रनेमा प्रहरीलाइृ विश्वास छैन । बारम्बार चोरी गर्र्दै जेल बस्दै छुटेका उनको बानी के फेरिएला त अब ?

 

उनी संलग्न भएका चोरीतथा लुटपाटका घटनाहरु 

  •   मिति २०७३।२।१ गते पिडित राम थापाले महाराजगन्ज स्थित शिक्षण अस्पताल को पार्कीङमा  पार्किंङ राखेको बा७४ प३६३२ नंको निलो रंगको मोटर साईकल चोरी गरी लगेकाे ।
  • मिति २०७३।६।५ गते  जिल्ला काभ्रे बनेपानगर पालिका तरकारी बजार  अगाडी रहेको Country Developing Bank   बैकमा पैसा  जम्मा गर्न भनि झोलामा बोकी लादै गरेको नगद रु ३७,००,०००।( रुपैया मोटरसाइकलमा आएका  २ जनाले  जबर्जस्ती लुटपाट गरि लान खोजेको तर असफल भएको ।
  •  मिति २०७३।६।१४  गते जिल्ला भक्तपुर राधे राधे मन्दिर नजिक बाट माया देबी उप्रेतीको  साथमा रहेको नगद रु ९३,०००।–जबर्जस्ती लुटपाट गरी लगेको ।
  •   मिति २०७३।८।०५ गते जिल्ला भक्तपुर कटुन्जे २ स्थित भ्बEast international money transfer बाट  सुस्मिता सुबेदीले नगद रु ७३,६६९ निकाली जाने क्रममा मोटरसाइकमा आई उक्त रकम जबर्जस्ती लुटपाट गरी लगेको ।
  •   मिति २०७३।०८।१९ गते का।जि। पवित्र नगर स्थित यमकला भन्डारीले सहकारी बाट निकालेको नगद रु ३,६०,०००।– रुपैया लाने क्रममा का।जि। पवित्र नगर स्थित मो।सा।मा आई उक्त नगद जबर्जस्ती लुटपाट गरी लगेको ।
  •  निज टिका बहादुर थापा मगरले उपत्यकाका बिभिन्न स्थानमा मोटरसाइकलको प्रयोग गरी पिडित लाई पिछा गरी एकान्त स्थानमा पारी नगद तथा धनमाल जबर्जस्ती चोरी गर्ने गरेको  खुल्ला आएको ।
  • मिति २०७१।१०।२१ गते नयाँ बानेश्वर White House College नजिकको Global IME Bank बाट रु १८,८४,६३५ नगद निकाली  कंलकी बस्ने सरस्वती आचार्य आफ्नो पार्किङ गरी राखेको स्कुटर चढ्न लागेको अवस्थामा निलो मो।सा।मा आई रकम सहितको ब्याग लुटी फरार भएको ।
  •  मिति २०७१।०७।२१ गते १३स्३० बजे शनी इन्टरप्राइजेज कपनवाट रकम निकालि तेन्जिड। चोकमा पैदल हिडि रहेको अवस्थामा प्रेरणा राईको साथमा रहेको रु १,५५,०००।(   मोटरसाइकलमा आई रकम  लुटी फरार भएको ।
  • मिती २०७१।०९।०६ गते ११:३० वजेको समयमा जिल्ला सर्लाही घर भई जोरपाटी वस्ने वर्ष ४० की सुमित्रा अधिकारीको साथमा रहेको रु ६९,२५०।( रकम सहितको ब्याग लुटी फरार भएको । 
  • मिति २०७२।०१।२७ गते वाफल स्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री पल्सर मोटरसाइकलमा आएका ब्यक्तिहरुले लुटी फरार भएको । 
  • मिति २०७२।०२।२७ गते बुध्दनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री पल्सर मोटरसाइकलमा आएका ब्यक्तिहरुले लुटी फरार भएको । 
  •   मिति २०७२।०२।३२ गते राती बौद्ध  भाटभटेनीको पार्कीङ एरियामा पार्किड। गरी राखेको विष्णु वहादुर     गुरुङगको बा६ च ७६९८ नं को  बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेको ।
  •     मिति २०७२।२।२० गते  पुरानो बानेश्वरबाट जीवन शर्माको बा६८ प ९०१८ नं को २२० सिसीको रातो कालो रंङको  मोटरसाईकल चोरी गरी लगेको । 
  •     मिति २०७१।१२।०६ गते ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा६७ प ८४६८ नम्बरको निलो कालो रंङको पल्सर     मोटरसाईकल चोरी गरी लगेको, उक्त मोटरसाइकलमा  फर्जि नम्बर ८९५७ राखी उक्त मोटरसाइकल बुध्दनगरमा सिक्री लुट्न प्रयोग गरेको साथै सोहि मोटरसाइकमा ९०६३ नम्बरको नम्बर प्लेट राखि रिता तामाङको नामको नक्कली सवारी चालक अनुमती पत्र समेत बनाएको उक्त मोटरसाइकल     अभियुक्त टिका थापा मगरको डेरा कोठा मुलपानीबाट बरामद गरिएको । 
  • मिति २०७२।०२।२१ गते बौध्द  भाटभटेनीमा पार्कीङ गरी राखेको राम काजी श्रेष्ठको मोटरसाईकल टिका थापा मगर र तेज वहादुर तामाङले चोरी गरेको । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया