MENU

समाज

Ncell Axiata
USAID

​भक्तपुर तलेजुको सुवाल घरमा आगलागी

भक्तपुर, पुस २७  – विश्व सम्पदा सूचिमा रहेको भक्तपुर तलेजु मन्दिर परिसरमा बुधबार आगलागी भएको छ । मन्दिरको जहुँ चोक र जिस्वँचोक स्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको र्याक र भाँडाहरु जलेको सुवाल घरका नाइके पुण्यराम सुवालले जानकारी दिनुभयो । तलेजु परिसरको सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले आगलागी भए लगत्तै प्रवेश गरेर ढोका फुटाएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुई तले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो आगलागी भएपछि नेपाली सेनाको टोली, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो । आगलागीमा झण्डै सात लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया