MENU

समाज

Ncell Axiata

अभिनन्दन हत्या काण्ड : हत्याराले दिए यस्तो बयान – श्रीमतीकै सल्लाहमा हत्या गरेँ

रौतहट, पुस २७ – पाँच दिनअघि घाँटी रेटेर अभिनन्दन साहलाई हत्या गरेको आरोपमा रौतहट प्रहरीले अभिन्नदनकी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालय गौरमा बुधवार पत्रकार सम्मेलनमा हत्या गरेको आरोपमा दुई जनालाई सार्वजनिक गर्दै रौतहटका एसपी यज्ञविनोद पोखरेलले अभिन्नदनकी श्रीमतीले प्रेमीलाई उचालेर श्रीमानको हत्या गराएको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

करुनिया–२ का ३२ वर्षे अभिनन्दन साह चार बर्षअघि वैदेशिक रोजगारमा कतारमा रहेर घर फर्किएको चार महिनापछि श्रीमती सकुन्तला साहले प्रेमीलाई उस्काएर श्रीमानको हत्या गराएको प्रहरीले जनाएको छ । विदेशमै रहेका वेला सकुन्तलाको छिमेकी २५ वर्षे पप्पु भनिने मनिषकुमार सुमनसँग प्रेम बसी पटक पटक शारीरिक सम्बन्ध कायम भएको तर अभिनन्दन घर फर्किएपछि प्रेममा बाधा हुने भएपछि श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।  

प्रहरी निरीक्षक विरेन्द्र पासवान सहितका प्रहरी अधिकृतहरु घटना सम्बन्धमा गहन अनुसन्धान गर्दै जाँदा प्राप्त भएको प्रमाणका आधारमा मनिषलाई नियन्त्रणमा लिएपछि अभिनन्दनलाई हत्या गर्नमा प्रयोग गरेका सामग्रीहरु लुकाएका स्थानबाट अभियुक्तले दिएको बयानको आधारमा प्रहरीले बरामद गरेको एसपी पोखरेलले बताउनुभयो । अभिनन्दन विदेशबाट फर्किदा हाम्रो प्रेममा निकै बाधा अवरोध खडा भइरहेको तथा सकुन्तला माथि उसको श्रीमानलाई शंका भएपछि कुटेको भोलिपल्ट उनलाई मार्ने योजना बनाएपछि आफूले बाध्य भई उसको हत्या गरेको  प्रहरी समक्ष मनिषले बयान दिएका छन् ।

अभिनन्दनकी श्रीमती सकुन्तलाको योजनाअनुसार गाउँ भन्दा केही पर कामदेही खोलाको किनारमा रहेको सिसौ घारीमा लगेर फलामको रडले टाउकोमा चार पटक हानेपछि अभिनन्दन भुँइमा लडेपछि चक्कुले घाँटी रेटेर हत्या गरेको मनिषले बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया