MENU

राजनीति

Ncell Axiata
USAID

संशोधन पारित गर्न गठबन्धनको आह्वान

काठमाडौं, पुस २७ – संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पुर्‍याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो । 

बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ । 

त्यस्तै, गठबन्धनले संविधान संशोधनको माग गर्दै आगामी माघ १ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संविधान संशोधनका लागि दबाब दिन र भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको संयोजक यादवले बताउनुभयो । 

केही दल संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्यत रहेकाले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • स्थानीय तहको संख्या थप हुँदै, छलफलबाट थप संख्या टुंग्याउने

    काठमाडौं, फागुन ९ – स्थानीय तहको संख्या थप हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकमा नम्बर २ प्रदेशसहित तराईमा जनघनत्वका आधारमा स्थानीय तहको संख्या थप गर्ने मन्त्रीस्तरीय समितिको सुझावलाई कार्यान्वयन गर्ने सहमति भएको हो ।

  • प्याब्सनको १३ औँ महाधिवेशन आजदेखि

    काठमाडौं, फागुन ९ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।

  • राप्रपाको नयाँ कार्यसमिति चयनका आज अबेर मतदान हुने

    काठमाडौं, फागुन ९ – राप्रपाको नयाँ कार्यसमितिका लागि सोमबार मतदान ढिलो हुने भएको छ । उम्मेद्वारको नाममा दावी विरोध तथा नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने काम बाँकी नै रहेको तथा उम्म्द्वारको नाम र क्रमांक मिलाउन बाँकी नै रहेकाले सोमाबार दिउँसो पनि अबेरपछि मात्र मतदान सुरुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

  • एकै चरणमा सक्नेगरी वैशाखमै चुनाव, आज मिति घोषणा हुने

    चुनाव हुने या नहुने अन्योलकाबिच सरकारले सोमबार मिति घोषणा गर्दैछ । असन्तुष्ट मधेसी मोर्चाको माग पूरा गर्ने आश्वासनसहित सरकारले वैशाख अन्तिममा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागेको हो ।

  • रेखा थापा र कोमल ओलीले पनि राप्रपाको सदस्यमा उम्मेदवारी दिए

    काठमाडौं, फागुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया