MENU

खेल

Ncell Axiata
USAID

रुस्लान कप क्रिकेट : केसीटिसी र रोयल पिसी विजयी

काठमाडौं, पुस २७ – काठमाडौंमा चलिरहेको रुस्लान कप क्रिकेटमा बुधबार रुस्लान केसीटिसी र रोयल पिसी फाइटर विजयी भएका छन् । रुस्लानले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको क्याननले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य रुस्लानले १५ ओभरमै ३ विकेट गुमाएर भेट्टायो । 

सन्जय बस्नेतले अविजित ४२ रन बनाए । पहिला ब्याटिङ गरेको क्याननका लागि सुमन ठाकुरले ३८ रन बनाए । बुधबार भएको अर्को खेलमा रोयल पिसीले खहरे क्रिकेट क्लबलाई ६ विकेटले हरायो । टस जितेर पहिला व्याटिङ गरेको खहरेले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो । जवाफमा एक सय १६ रनको लक्ष्य पछ्याएको रोयल पिसीले १२ ओभर २ बलमै लक्ष्य भेट्टायो । रविन जोशीले रोयल पिसीका लागि सर्वाधिक ५६ रनको योगदान गरे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया