MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

दाउरा जस्ता तरुल, कति छ यसवर्ष भाउ ?

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, पुस २८ – माघे संक्रान्ति आउनै लाग्दा कालिमाटीको तरकारी बजारमा तरुलको कारोबार बढेको छ । दाउरा जस्ता तरुल दाउराकै हार जसरी चाङ बनाएर राखिएको छ । कसैलाई तरुल गाडीबाट झार्नको हतार, कसैलाई चाङमा राख्नको हतार । 

‘अहिले तरुलको सिजन हो भन्दा हुन्छ, तरुल माघे संक्रान्तिमा खाईने हुँदा यही आसपासमा तरुलको विक्री बढी हुन्छ’ सर्लाहीका आशीष खड्काले भन्नुभयो । उहाँका अनुसार तरुलको व्यापार मंसिरको ठूलो एकादशीदेखि फागुनसम्म हुने गर्छ । माटो अनुसार तरुलको प्रकार पनि फरक हुने उहाँले बताउनुभयो । ‘हामी तरुलको सिजनमा मात्र व्यापार गर्छौं, त्यो पनि तरुलको मात्र’ उहाँले भन्नुभयो । बजारमा आउने सबै प्रकारका तरुल बेच्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले तरुलको व्यपार गर्न थालेको ५ वर्ष भएको छ ।

माघे संक्रान्तिमा घ्यू चाकूसँगै तरुल पनि खाने चलन छ । यससँगै तरुलको व्यापार पनि बढेको हो । तर यस वर्ष अघिल्लो वर्षको तुलनामा तरुल कम भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

आठ वर्षदेखि सिजनमा तरुलको व्यापार गर्दै आउनुभएका सर्लाहीका विनबहादुर लामा तरुलको भाउ आए मात्र फाईदा हुने बताउनुहुन्छ । गएको एक महिनादेखि तरुलको व्यपारका लागि काठमाडौं बस्नु भएका लामाले दिनमा दुई गाडीसम्म तरुल झार्ने गर्नु भएको छ । उहाँले एक महिनाको अवधीमा १० टिप तरुल बेचिसक्नु भएको छ । ‘अहिलेसम्म दश टिप तरुल बेचिसकें, तीन टनदेखि दश टनसम्मका गाडीबाट तरुल झार्ने गरेको छु’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार सर्लक्क परेका चिल्लो र देख्दा राम्रो तरुल मात्र बढी बिक्ने गरेको छ । तरुलको आकार प्रकार हेरी मूल्य निर्धारण गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘एकै जस्तो देखिए पनि मूल्य फरक फरक छ’ उहाँले भन्नुभयो ‘आकाशे तरुल र पातले तरुल हेर्दा एउटै देखिए पनि यसको मूल्य फरक छ ।’

सर्लाहीकै अर्का तरुल व्यापारी तोरन थापा आफूले बेच्ने सबै तरुल स्थानीय भएको बताउनु हुन्छ । उहाँले सर्लाहीबाट आफैंले किसानको बारीबाट खनेर तरुल ल्याउने बताउनुभयो । ‘तरुलकै व्यपार गर्नका लागि काठमाडौं आएका हौं, वर्षमा एक समयमा मात्र यहाँ आएर व्यपार गर्ने गरेका छौं’ उहाँले चाङबाट तरुल झिक्दै भन्नुभयो । 

काठमाडौंको बजारमा धेरै तरुल सर्लाहीबाट आउँछ । उहाँका अनुसार तराईका राजघाट तथा कर्मैयाबाट तरुल आउने गरेको छ । स्थानीय किसानको बारीबाट नै तरुलको खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

बजारमा अहिले हात्तिपाइले, वन तरुल, आकाशे तरुल, पाताले तरुल, रातो तरुल लगायतका तरुल पाइन्छन् । तरुलको प्रकार अनुसार भाउ पनि फरकफरक रहेको कालिमाटी फफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार तरुल किलोको १२० देखि १३० रुपैयाँ, हात्तिपाइले तरुल ९० देखि एकसय रुपैयाँ, रातो तरुल ३२ देखि ३५, रुपैयाँ थोक मूल्य छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया