MENU

खेल

Ncell Axiata
USAID

मेस्सीसँगको सम्झौताका लागि ‘कमन सेन्स’ आवश्यक

पुस २८ – बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीसँग नयाँ सम्झौता गर्ने तयारीमा छ । तर यसक्रममा केही कुरा मिलाउनु पर्ने देखिएको छ । मेस्सीको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०१८ मा सकिँदैछ । मेस्सीसँगको नयाँ सम्झौताका लागि बार्सिलोनाले कुनै न कुनै उपाय फेला पार्ने क्लबका प्रमुख कार्यकारी ओस्कार ग्राउले बताए । यसका लागि कमन सेन्स लगाउनु पर्ने ग्राउको भनाई छ ।

मेस्सी विश्वमै बढी पैसा तिर्न लायक खेलाडी रहेको बार्सिलोनाका अध्यक्ष जोसेप मारिएले बताए । तर ला लिगाको नियम अनुसार हरेक क्लबले आफ्नो कुल खर्चको ७० प्रतिशत भन्दा धेरै खेलाडीको तलबमा खर्च गर्न पाउँदैनन् । मेस्सीले अहिले १९ मिलियन पाउण्ड लिने गरेका उल्लेख छ ।

बार्सिलोनाले लुइस स्वारेज, नेइमारसहितका खेलाडीसँग सन् २०२१ सम्मको सम्झौता गरेको र अब मेस्सीसँग तलब बढाउँदै नयाँ सम्झौता गर्दा ला लिगाको नियम मिचिन सक्छ ।

तर क्लबका प्रमुख कार्यकारी ग्राउले क्लबको आम्दानी बढाएर मेस्सीसँगको सम्झौता गर्न सकिने र यसमा कमन सेन्स लगाए पुग्ने बताए ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया