MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित

काठमाडौं, पुस २८ – काठमाडौं उपत्यकामा हुस्सु लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । भिजिविलिटि कम भएपछि अहिले कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले विमानस्थलको भिजिविलिटि एक हजार मिटरमा झरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ९ बजेपछि भिजिविलिटि बढ्नेछ । त्यसपछि भने सबै उडान नियमित हुनेछ ।

अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ । बिहीबार पहाडी क्षेत्रको मौसम दिनभरि नै आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् श्रेष्ठका अनुसार मध्य र पूर्वी नेपालको मौसम सफा हुनेछ ।

तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । गएको २४ घण्टामा लुम्लेमा १ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाडौंको तापक्रम २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया