MENU

खेल

Ncell Axiata
sagun

बार्सिलोनाले जित्यो, मेस्सीको फ्रि–किक गोल

पुस २८ – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा एमएसएन अर्थात लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले एक एक गोल गरे । एथ्लेटिको बिल्बाओका लागि साबोरिट टेइसिडोरले एक गोल गरे । ३५ औं मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । ४८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५१ औं मिनेटमा एथ्लेटिको बिल्बाओका टेइसिडोरले एक गोल फर्काए । ७८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । मेस्सीले फ्रि–किक मार्फत गरेको गोल बार्सिलोनालाई अघिल्लो चरण पुर्‍याउन महत्वपूर्ण बन्यो । मेस्सीले खेल जीवनको ३१ औं फ्रि–किक गोल गरेका हुन् । राति नै भएको खेलमा भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको रियल सोसिडाड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा पुगेको छ । यस्तै कोर्डोबालाई २–१ ले हराएको एल्कोर्कोन पनि अन्तिम ८ मा पुगेको छ । यस्तै डिप्रोटिभोसँग दोस्रो लेगमा १–१ को बराबरी गर्दै समग्रमा ३–३ को बराबरी भएपछि अवे गोलका आधारमा एलाभेस अघिल्लो चरण पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया