MENU

अन्तर्राष्ट्रिय

USAID

ट्रम्पले प्रस्ताव गरेका विदेश मन्त्री टिलर्सन : ह्याकिङमा पुटिनको संलग्नता स्वीकार

पुस २८ – राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विदेश मन्त्रीका लागि प्रस्तावित गरेका रेक्स टिलर्सनले अमेरिकी राष्ट्रपतीय चुनावमा भएको ह्याकिङमा रुसी राष्ट्रपतिको संलग्नता रहेको भन्नु निष्पक्ष धारणा रहेको बताउनुभएको छ । सिनेटले गरेको सुनुवाईको क्रममा राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने उद्देश्यले रुसले ह्याकिङ गरेको भन्ने गुप्तचर विभागको प्रतिवेदन निकै गम्भीर रहेको उहाँले बताउनुभयो । यो विषय स्पष्ट रुपमा चिन्तित गराउने खालको रहेको टिलर्सनको भनाई छ ।

सुनुवाईको क्रममा सिनेटर मार्को रुवियोले ह्याकिङमा रुसी राष्ट्रपति पुटिनको संलग्नता रहेको कुराका बारेमा आफ्नो धारणा स्पष्ट पार्न दबाब दिएपछि टिलर्सनले यस्तो बताउनुभएको हो । सुनुवाईको क्रममा टिलर्सनले सिनेटरबाट निकै कडा र गम्भीर प्रश्नको सामना गर्नु परेको सिएनएनले जनाएको छ ।

एक्सन मोबिलका पूर्व सिइओ टिलर्सनले पुटिनसँगको सम्बन्धले अमेरिकालाई नोक्सानी गर्न सक्ने बताएको खबरमा उल्लेख छ । टिलर्सनको रुसी राष्ट्रपति पुटिनसँग राम्रो सम्बन्ध रहेको अनुमान गरिन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया