MENU

खेल

Ncell Axiata
sagun

बार्सिलोनाका ‘एमएसएन’ ले गरे ३०२ गोल : मेस्सी, स्वारेज र नेइमारमा को अघि ?

पुस २८ – ‘एमएसएन’ को रुपमा परिचित बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले समग्रमा रुपमा तीन सय भन्दा धेरै गोल गरेका छन् । स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओसँगको खेलमा गोल गरेका एमएसएनले अहिलेसम्म समग्रमा तीन सय दुई गोल गरेका छन् । बिल्बाओसँगको खेलमा ३५ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल एमएसएनको तीन सयौं गोल थियो । त्यसपछि ४८ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा नेइमारले गोल गर्दै एमएसएनको गोल संख्या तीन सय एक पुर्‍याए । ७८ औं मिनेटमा मेस्सीले गरेको गोल एमएसएनको ३०२ औं गोल बन्यो । सन् २०१४ देखि एमएसएनले बार्सिलोनाका लागि तीन सय दुई गोल गरेका हुन् । यसक्रममा मेस्सीले सबै भन्दा धेरै एक सय २५ गोल गरेका छन् । स्वारेजले एक सय तथा नेइमारले ७७ गोल गरेका छन् ।

स्वारेजले गरे गोलमा शतक

सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना गएका स्वारेजले बार्सिलोनाबाट एक सय गोल गरेका छन् । एथ्लेटिको बिल्बाओसँगको खेलमा ३५ औं मिनेटमा गरेको गोल बार्सिलोनाबाट स्वारेजको एक सयौं गोल हो । स्वारेजले सबै प्रतियोगितामा गरेर बार्सिलोनाका लागि एक सय २० खेलमा एक सय गोल गरेका हुन् । स्वारेजले मेस्सीले भन्दा थोरै खेलमा एक सय गोल गरेका छन् । बार्सिलोनाका सर्वकालिन सर्वाधिक गोलकर्ता मेस्सीले एक सय गोल गर्न एक सय ८८ खेल खेल्नु परेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया