MENU

राजनीति

USAID

हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उड्न थाले

काठमाडौं, पुस २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान हुन थालेका छन् । बिहीबार बिहान भिजिविलिटि कम भएपछि प्रभावित भएको उडान अहिले सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ । 

अहिले विमानस्थलको भिजिविलिटि १५०० मिटर पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान एक हजार मिटरमा झरेको थियो । भिजिबिलिटि बढेपछि नियमित उडान सुरु भएको हो ।

अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ । बिहीबार पहाडी क्षेत्रको मौसम दिनभरी नै आशिंक बदली हुने उहाँले बताउनुभयो ।

मौसमविद श्रेष्ठका अनुसार मध्य र पूर्वी नेपालको मौसम शुक्रबारसम्म सफा हुनेछ । तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाण्डूको तापक्रम २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया