MENU

समाज

USAID

​अस्ताए मणिराज : समाज दैनिक र उहाँको योगदान अविस्मरणीय

काठमाडौं, पुस २८ – अग्रज पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । बुधबार बेलुका निधन भएका पत्रकार उपाध्यायको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा मन्त्री, नेता एवं पत्रकारहरुको ठूलो उपस्थिति थियो । अन्त्येष्टि अघिको श्रद्धाञ्जली कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकार उपध्यायले जनजीविका र राष्ट्रियताको सवालमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । यस्तै राप्रपाका अध्यक्ष कमल थापाले नेपाली पत्रकारितालाई जनमुखी बनाउन उपध्यायले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । 

नेपाल पत्रकार महासंघ बन्नुअघि संघ नै हुँदाका अध्यक्ष समेत रहेका ९४ वर्षिय पत्रकार उपाध्यायको बुधबार बेलुका शहीद गंगालाल हृदयरोग अस्पतालमा निधन भएको हो । केही वर्षअघिदेखि पत्रकारिताकाबाट टाढिएर उहाँ चितवनको देवघाटमा अवकाशपूर्ण जीवन बिताइरहनुभएको थियो । नेपालका पहिलो पुस्ताका पत्रकारमा पर्नुहुने उपाध्यायले विक्रम संवत २०११ सालदेखि दैनिक समाज पत्रिकामा काम गर्नुभयो । उहाँको एक्लो प्रयासमा यो पत्रिका २०५२ सालसम्म प्रकाशित भएको थियो ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका क्रममा गरेर आउनुभएको टनकपुर सन्धि सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा भएको बहस र सुनुवाईको समाचारलाई दैनिक रुपमा यथार्थपरक रुपमा प्रकाशित गरेर समाज दैनिक त्यसताका चर्चित भएको थियो ।

समाज दैनिक बन्द भएपछि उहाँ धर्मग्रन्थको अनुसन्धान र लेखनमा व्यस्त हुनुभयो । उहाँले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपाल पत्रकार संघले तत्कालीन समयमा विद्यमान विवादहरुलाई पन्छाएर छाता संस्था प्रदान गरेको अगुवा पत्रकारहरुले मान्ने गरेका छन् ।

उपाध्यायले पहिलेका कठिन दिनमा नेपाली समाजको परिवर्तनमा व्यवसायिक पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

उहाँका विषयमा नेपाली पत्रकारिताका विद्यार्थीहरुलाई एउटा किंवदन्ती सुनाउने गरिन्छ, उहाँ सिंहदरवार प्रवेश गर्दा काम नगरी घाम तापिरहेका कर्मचारीहरु पनि ‘मणिबाबु सिंहदरवार छिरे है’ भन्दै आ–आफ्ना कुर्सीमा बस्न जाने गर्थे रे । पञ्चायतकालमा कयौंपटक विभिन्न मुद्दामा फसाइएर उहाँ जेल समेत पर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एउटै डोरीमा झुण्डिए प्रेमी–प्रेमिका

    झापा, माघ ७ – समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

  • राजविराजका व्यापारी दुगडको घरमा राखिएको बम सेनाले निष्क्रिय पार्‍यो

    सप्तरी, माघ ७ – सप्तरीको राजविराज–१ का व्यापारी हनुमान दुगडको घरमा राखिएको बम सेनाले निष्क्रिय बनाएको छ । घरमा बम रहेको खबर पाएपछि श्रीकृष्ण दल गण राजविराजको टोलीले बम निष्क्रिय पारेको हो ।

  • नेपालका ईंट्टा भट्टामा जिउने आधार खोज्दै भारतीय कामदार

    माटो छुनै नसकिने चिसो छ । तर माटोमा काम गर्नुपर्ने उनीहरुको बाध्यता हो । महिला, बालबालिका, बृद्धबृद्धा समेत उसैगरी काम गरिरहेका छन् । धेरैको पीडा एउटै छ, थोरै भएपनि रकम जम्मा गरेर घरखर्च चलाउनु ।

  • बाँकेमा एक व्यक्तिले श्रीमतीलाई आगो लगाए

    बाँके, माघ ७ – बाँकेको नेपालगन्जका राजेन्द्र खटिकले श्रीमतीलाई आगो लगाएका छन् । बिहीबार बेलुका खाना खाने बेलामा विवाद भएपछि राजेन्द्रले टुकी बत्तिले हान्दा श्रीमती सुनिता जलेको प्रहरीले बताएको छ ।

  • न्याय माग्दा आक्रमण, तीन महिला घाइते

    सीताराम अधिकारी/उज्यालो । धादिङ, माघ ७ – न्याय खोजेकै कारण परिवार र छिमेकीले आक्रमण गर्दा नलाङ र खरी गाविसका तीनजना महिला गम्भीर घाइते भएका छन् ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया