MENU

समाज

USAID

३३ किलाे सुन तस्करीमा संलग्न भन्सारका २ जना अधिकृत पक्राउ

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, पुस २८ – ३३ किलो सुन काण्डमा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले थप दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार दुई जना कर्मचारीलाई उनीहरुको घरबाटै पक्राउ गरेको सिआइबीको उच्च स्रोतले जनाएको छ । 

पक्राउ पर्नेमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल छन् । ३३ किलो सुनमा तस्करमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ । 
यस अघि विमानस्थल भन्सार विभिागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरी विभागले २९ जना कर्मचारीलाई काम बिहिन बनाएर अनुसन्धान थालेको थियो । 

दुबईबाट एयर अरेवियाको जहाजमार्फत पुस २१ गते तस्करी गरेर ल्याएको ३३ किलो सुनसहित सिआइबीले पिंगलास्थानबाट नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । ठूलो मात्रामा सुन तस्करी भएको देखेपछि अनुसन्धान थालेको सिआइबीको टोली मोबाइल स्वीच अफ गरेर अनुसन्धानमा लागेको छ । 

यो पनि पढ्नुहोस्

३३ किलो सुन प्रकरण : पाँच सदस्य छानविन समिति गठन, २९ जना कर्मचारी छानविनको घेरामा

दुबईबाट झण्डै ३३ किलो सुन ल्याएका ३ जना पक्राउ

​३३ किलो सुनका धनी को होलान्  ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया