MENU

विचार/अनुभूति

USAID

आठौं स्मृतिको अवसरमा सहिद पत्रकार उमा सिंहलाई सहकर्मीको चिट्ठी

प्यारी दिदी उमा,

दिदी तपार्इंले माया  मारेर जानु भएको आठ वर्ष भइसक्यो । थाहा छ मलाई तपार्इंले माया मार्नु भएन् पापीहरु, हत्याराहरुले तपाईंलाई हामीबाट टाढा बनाए । स्मरण छ मलाई त्यो कालो रात ।

याद छ मलाई त्यो साँझ तपाईंलाई ति मानव रुपमा आएका दानवले तड्पाएका थिए, रुवाएका थिए । ति चित्कारहरु मेरो कानमा अहिले पनि गुञ्जिरहेका छन् । तपाईंको बचाउ बचाउ शब्द मेरो मन मस्तिष्कमा अहिले पनि ताजै छ । 

दिउँसो ४ः३० बजे पुस २७ गत्ते २०६५ को त्यो दिन मेरो मानसपटलमा छ । दिदी हामी एक अर्कालाई अन्तिम अंगालो मारेका थियौं र सदा झंै तपाईंको सुझाव पाएकी थिएँ ।

तपाईंको तौललाई लिएर मैले तपाईंलाई कति जिस्काएको थिएँ याद छ मलाई । त्यसैदिन मलाई पनि अन्तर्वाता लिन सिकाइदिनु भनेर आग्रह गरेकी  थिएँ तपाईंलाई र तपाईले मेरो चिउँडो समातेर माया दर्शाउँदै ‘हस् हस् झाँसीकी रानी’ भन्नुभएको मैले बिर्सनै सकेकी छैन दिदी ।

मैले तपार्इंको त्यो हँसिलो अनुहारभित्रको वेदना अहिलेसम्म सबैसँग साझा गर्न सकेकी छैन । तपाईंको भाउजु ललितादेवीले तपाईंको आमालाई गाईघरमा थुनेर मारिदिन्छु धम्की दिएको तथा आमालाई गोठबाट निकाल्न कसरी तपाईं जनकपुरबाट आफ्नो गाउँ पुग्नु भो बन्दकोे समयमा, मैले आफ्नो आमालाई पनि सुनाउन सकिन दिदी । ममा आँट छैन दिदी तपाईंको सानो तर संघर्षपूर्ण जीवनयात्राको बखान गर्न सकुँ । मेरो हिम्मतले काम गर्दैन तपाईको सानै जीवनमा घटेका घटनालाई फेरि स्मरण गर्न सकुँ । ममा तपार्इं जत्तिको हिम्मत छैन दिदी ।

म तपाईंको त्यो ३० किलोको जिउ २२ ठाउँमा काटिएको बिर्सन सक्दिन । शायद निष्पक्ष र निडर पत्रकारको हत्या नै मुख्य कारण हो दिदी कि तपाईंपछि महिला पत्रकारहरुले सामाजिक कुरीतिका विषयमा खुलेर बोल्न वा लेख्न सकेका छैनन् । हो, दिदी तपाईंको विभत्स हत्याले अहिले पनि महिला पत्रकारहरुलाई निडर बन्न दिएको छैन । मैले एकजना निडर र क्रियाशील महिला पत्रकारलाई, ‘मेरो के गल्ति थियो ? मलाई किन मार्दै छौ ? बचाउ बचाउ भन्दै देह त्यागेको देखेकी छु ।

म एकजना कर्मठ पत्रकारलाई समाजको ऐना बनेको देखेकी छु । तर दानवहरुले त्यही ऐनालाई चकनाचुर गरेको साक्षी पनि मेरो यो दोषी आँखा नै हो । मैले हेरिमात्रै रहेँ, तपार्इंलाई बचाउन सकिन । मलाई त्यो कालो रातले अहिले पनि तर्साउँछ । अहिले पनि बेलुका भयो कि म तर्सिन्छु । 

मैले तपाईं बितेपछि नाइट क्लास नै छोडिदिएँ । तर पत्रकारिता छोडेको छैन दिदी । म पनि अब संचारकर्मीबाट पत्रकार बन्न खोजिरहेको छु । आखिर मलाई मेरो प्यारी दिदीको इच्छा पनि त पूरा गर्नुछ । दिदी जानकारी गराउँ कि हाम्रो जनकपुरका महिला संचारकर्मीहरु अब पत्रकार बन्न जोसिएका छन् ।

खुशी लाग्यो नि दिदी । हो, म पनि एकदमै खुशी छु । दिदी आशिर्वाद पाउँ, म तपाईको सपना  पूरा गर्न सकुँ । आखिर तपाईंको सपना पूरा गर्नु नै तपाईंप्रतिको सही अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नु हो । अब हामी क्रियाशिल महिला पत्रकार हुँदैछौँ । अब तपाई जस्तै निडर, कर्मठ  पत्रकार बन्ने छाैं हामी । 

उही तपाईंकी बहिनी 
रिंकु मिश्र 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया