MENU

अन्तर्राष्ट्रिय

USAID

वैज्ञानिक अध्ययनले देखायो–७५ प्रतिशत घटाउन सकिन्छ क्यान्सरको खतरा

पुस २८ – मुसामा गरिएको अध्ययनबाट गम्भीर खालको क्यान्सर फैलने खतरा ७५ प्रतिशतले घटाउन सकिने देखिएको छ । ट्युमरको रुपमा विकास भएको क्यान्सरलाई शरीरका अरु भागमा फैलनबाट रोक्न सकिने अध्ययनले देखाएको वैज्ञानिकले बताएका छन् ।

क्यान्सरका कारण हुने मृत्युको ९० प्रतिशत कारण क्यान्सरको फैलावट नै हो । मुसामा गरिएको अध्ययनबाट प्रतिरोधात्मक क्षमतामा फेरबदल गर्दा छालाको क्यान्सर फोक्सोसम्म फैलने खतरा कम हुने देखिएको क्यान्सर रिसर्च युकेका अनुसन्धानकर्ताले बताएका छन् । मुसामा गरिएको अनुसन्धान प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ । एक ठाउँमा भएको क्यान्सर शरीरको अरु भागमा फैलनुलाई मेटास्टेसिस भनिन्छ । प्रतिरोधात्मक क्षमतामा फेरबदल गर्दा मेटास्टेसिसलाई निकै कम गर्न सकिने सम्भावना देखिएको हो ।

क्याम्ब्रिजको सानगेर इन्ष्टिच्युडका अनुसन्धानकर्ताले क्यान्सर युक्त ट्युमर फैलनुको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताले आनुवंशिक रुपमा परिमार्जन गरिएका मुसा बनाएर अध्ययन गरेका हुन् ।

ति मुसामा क्यान्सर फैलिन नदिने खालको डिएनए थियो । यसमा सकारात्मक सफलता मिलेको अनुसन्धानमा संलग्न डा. डेविड एडम्सले बताउनुभयो ।

प्रतिरोधात्क कोषमा गरिने व्यवस्थापनले क्यान्सरको ट्युमर फैलनबाट रोक्ने देखिएको उहाँले बताउनुभयो । यो विधि मानिसमा हुने क्यान्सर उपचारका लागि महत्वपूर्ण हुन सक्ने अनुसन्धानकर्ताले बताए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया