MENU

समाज

USAID

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

रमेश गिरी /उज्यालो । 

भक्तपुर, पुस २८– बिहानको जाडोको वास्ता नगरी चारजना बालकसहित १८ जना ब्रतालुहरुले एकाबिहानै भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा पुगेर स्नान गरी बिहीबारदेखि एक महिने माधव नारायण मेला एवं ब्रत सुरु गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेकवर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बिहीबारदेखि सुरु भएको हो । 

नेपाल संवत ७२२ मा रणजीत मल्ल आफैले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको छ । पुजारी चिरञ्जनराज राजोपाध्यायका अनुसार हनुमानघाटको त्रिवेणीमा डुबेर स्नान गर्नाले र ब्रत बस्नाले मनले चिताएको पुग्ने जनविश्वास रहि आएको छ । माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उहाँको भनाई छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर निकालेको मूलको पानी र उत्तर, दक्षिणबाट आएको खोलाको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको हो । पौष शुक्ल पूर्णिमाका दिन ब्रत बसेका ब्रतालु अब आउने औंसीदेखि खाली खुट्टा विभिन्न मन्दिर पुग्ने गर्छन । खालि खुट्टा नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौतीको त्रिवेणीमा स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गर्ने र अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ । ब्रत बस्नेले परालको चप्पल बनाएर लाउने गरेका छन् । महिना दिनसम्म ब्रत बस्ने ब्रतालुका लागि भने ढल मिसिएको पानीमा स्नान गर्नुपर्ने बाध्यता रहेको माधवनारायण मेला व्यवस्थापन समितिको गुनासो छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा हरेक वर्ष ब्रतालु घट्ने गरेको समितिका पदाधिकारीले बताएका छन् । 

 

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

​त्रिवेणीघाटमा माधवनारायण मेला सुरु

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एउटै डोरीमा झुण्डिए प्रेमी–प्रेमिका

    झापा, माघ ७ – समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

  • राजविराजका व्यापारी दुगडको घरमा राखिएको बम सेनाले निष्क्रिय पार्‍यो

    सप्तरी, माघ ७ – सप्तरीको राजविराज–१ का व्यापारी हनुमान दुगडको घरमा राखिएको बम सेनाले निष्क्रिय बनाएको छ । घरमा बम रहेको खबर पाएपछि श्रीकृष्ण दल गण राजविराजको टोलीले बम निष्क्रिय पारेको हो ।

  • नेपालका ईंट्टा भट्टामा जिउने आधार खोज्दै भारतीय कामदार

    माटो छुनै नसकिने चिसो छ । तर माटोमा काम गर्नुपर्ने उनीहरुको बाध्यता हो । महिला, बालबालिका, बृद्धबृद्धा समेत उसैगरी काम गरिरहेका छन् । धेरैको पीडा एउटै छ, थोरै भएपनि रकम जम्मा गरेर घरखर्च चलाउनु ।

  • बाँकेमा एक व्यक्तिले श्रीमतीलाई आगो लगाए

    बाँके, माघ ७ – बाँकेको नेपालगन्जका राजेन्द्र खटिकले श्रीमतीलाई आगो लगाएका छन् । बिहीबार बेलुका खाना खाने बेलामा विवाद भएपछि राजेन्द्रले टुकी बत्तिले हान्दा श्रीमती सुनिता जलेको प्रहरीले बताएको छ ।

  • न्याय माग्दा आक्रमण, तीन महिला घाइते

    सीताराम अधिकारी/उज्यालो । धादिङ, माघ ७ – न्याय खोजेकै कारण परिवार र छिमेकीले आक्रमण गर्दा नलाङ र खरी गाविसका तीनजना महिला गम्भीर घाइते भएका छन् ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया