MENU

राजनीति

USAID

प्रदेश विभाजनमा उर्जामन्त्रीको बोली - अर्घाखाँचीबाट पोखरा टाढा भए सुरुङ मार्ग बनाइदिन्छौँ

अर्घाखाँची, पुस २८ – उर्जामन्त्री जनार्दन शर्माले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको छ । 

बिहीबारदेखि सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सवको उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धिखर्कमा आएका नेता शर्माले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा प्रदेश विभाजन जनताको चाहनाअनुसार नै भएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको हो । 

निर्वाचनमा जान एमालेसँग सहमति भइसक्यो

उर्जामन्त्री शर्माले एमालेसँग संविधान संशोधनको बिषयमा मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति भएको बताउनुभएको छ ।

उहाँले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मत हालेर प्रक्रियामा गई टुंगाउने र छिटो भन्दा छिटो सहमतिमा निर्वाचनको मिति तोक्ने सहमति भएको बताउनुभयो । 

‘सबै राजनीतिक दलहरुसँग सहमतिद्वारा मिति तोक्न सरकारले प्रयत्न गरिरहेको छ, विवादका बिचबाट एउटा सहमतिका बिचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागि सहमतिमा संसद खुलेको छ’ उहाँले भन्नुभयो । उहाँले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धीलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने समेत बताउनुभयो ।

नेपाललाई नै लोडसेडिङ मुक्त बनाउने

उहाँले देशभरि नै लोडसेडिङ अन्त्य गर्ने गरी उर्जामन्त्रालय लागि परेको बताउनुभयो । अहिले काठमाडौंसहितका शहरहरुमा लोडसेडिङ मुक्त भएको उहाँको भनाई छ । अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको सारदा, उत्तरगंगा, अरुण तमोर, बुढीगण्डकी लगायतका परियोजनालाई अगाडी बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले सबै क्षेत्रलाई समेटेर लैजाने गरी संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताउनुभयो । मन्त्री शर्माले नेपाललाई लोडसेडिङ मुक्त बनाउन जनताको साथ र समर्थन पाएको पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया