MENU

राजनीति

Ncell Axiata
USAID

पार्टीको नाम फेर्दै विप्लव माओवादी

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, पुस २८ – नेकपा माओवादी (विप्लव समूह)ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अहिले नेपालमा धेरै माओवादी पार्टी भएको र नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले नाम परिवर्तन गर्न लागेको पार्टीले जनाएको छ । 

‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ’ जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले भन्नुभयो, ‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको साझा हुनुपर्छ अहिले हाम्रो पार्टीमा व्यक्तिको नाम झुण्डाउने गरिएकोले पार्टीको नाम फेर्नुपर्छ भन्नुभएको छ ।’

नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएपनि यसको टुङ्गो भने आगामी फागुन १ गते काठमाडौंको खुला मञ्चमा उद्घाटन गरी ४ गतेदेखि रोल्पाको थबाङमा बन्द सत्रहुने पार्टीको ८ औं महाधिवेशनबाट मात्रै टुंगो लाग्ने उहाँले जानकारी दिनुभयो ।

माओवादी भन्ने वित्तिकै प्रचण्डले नेतृत्व गरेको पार्टीलाई बुझ्ने र नाम पनि पुरानो भएकाले पार्टीभित्र नाम परिवर्तन गर्ने बहस सुरु भएको उहाँले बताउनुभयो । विप्लवले माक्सको विचारमा केही थप गरी नयाँ जनवादी क्रान्तिको सुरु गर्ने प्रस्ताव ल्याएकाले यी सबै विषयमा आगामी ८ औं महाधिवेशनको बन्द सत्रले घोषणा गर्ने नेताहरुको भनाई छ ।

फागुन १ गते काठमाडौंको खुला मञ्चमा उद्घाटन हुन महाधिवेशनका लागि झण्डै ५० हजार नेता कार्यकर्ताको सहभागिता गराउने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया