MENU

मनोरञ्जन

USAID

यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री

काठमाडौं, पुस २८ – दीपक राज गिरी र दीपाश्री निरौला यति बेला सिनेमा छक्का पञ्जासँग युरोप टुरमा छन् । दीपक दीपाको जोडीले युरोपको चिसो मौसममा कठ्याङ्ग्रिँदै भएपनि मज्जा लिइरहेको छ । 
यू्रोपको चिसो मौसममा बिभिन्न शहरहरुमा दर्शकलाई छक्का पञ्जा मार्फत न्यानोपनको आभाष दिलाउँदै हिँडिरहेका उनीहरु एक हप्ता अघि युरोप उडेका थिए । यूरोपका केही शहरहरुमा छक्का पञ्जा प्रदर्शन भइसकेको छ भने केहीमा बाँकी छ । 

हामीसँग कुराकानी गर्ने क्रममा दीपाले युरोपको मौसम निकै चिसो छ । तर यहाँ छक्का पञ्जा र दर्शकको मायाले निकै न्यानो बनाएको आभाष भइरहेको बताइन् । त्यसो त दीपाले सामाजिक सञ्जालमार्फत पनि युरोपमा आफूले पाएका खुसीहरु सेयर गरिरहेकी छिन् । उनले युरोपमा पनि छक्का पञ्जाले राम्रो दर्शक पाएकोमा खुसी हुँदै दर्शकलाई धन्यवाद दिएकी छिन् । 

उनले सेयर गरेका पोस्टहरुमा युरोपमा भएका केही नेपाली दर्शकहरुले पनि प्रतिक्रिया दिएका छन् । आफ्नो नेपाली चलचित्र बेल्जियममा पनि हेर्न पाएको भन्दै उनीहरुले  खुसी व्यक्त गरेका छन् । बेल्जियममा भएकी दीपाले युरोपमा अहिलेसम्म छक्का पञ्जाको १० शो सकिएको र सबैमा नेपाली दर्शकको सहभागिता उत्साह जनक रहेको जानकारी दिएकी छिन् । छक्का पञ्जा बेल्जियम, नेदरल्याण्ड, जर्मनी, फ्रान्सलगायतका युरोपियन देशहरुमा प्रदर्शन हुनेछ । 

उज्यालाे र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया