MENU

समाज

Ncell Axiata
USAID

मणिराज उपाध्यायको निधनमा कसले के भने ?

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, पुस २८ – पत्रकार मणिराज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । लामो समयदेखि मुटुरोगबाट पीडित ९४ वर्षका उपाध्यायको बुधबार बेलुकी शहीद गंगालाल हृदयरोग अस्पतालमा निधन भएको थियो । 

उहाँको अन्त्येष्टी अघि मन्त्री, नेता एवं पत्रकारले उहाँलाई श्रद्धाञ्जली दिए । अन्त्येष्टी अघिको श्रद्धाञ्जली कार्यक्रममा पुगेका सबैजसो पत्रकारले स्वर्गीय मणिराज उपाध्याय नेपाली पत्रकारिताका साधक नै भएको प्रतिक्रिया दिए । 

बोल्दा पोल्ने समयमा पनि उहाँ बोलिरहनुभयो : सञ्चारमन्त्री 

उहाँको बारेमा धेरै जानकारी त मलाई छैन । तर पनि बोल्दा पोल्ने समय अर्थात पञ्चायतकालमा पनि उहाँले नागरिकको हकहितको बारेमा बोलेर पत्रकारितालाई निडर पेशाका रुपमा स्थापित गर्नुभयो । अभिब्यक्ति स्वतन्त्रता गुमेको बेलामा पत्रकारिताका माध्यमबाट नागरिकका अधिकार स्थापित गर्न कलम चलाउनु चानचुने कुरा थिएन । 

उहाँ प्रेरणाका कुञ्ज हुनुहुन्थ्यो : हरिहर विरही

उहाँ हामी सबै पत्रकारको अग्रज र अभिभावक हुनुहन्थ्यो । प्रेरणाको कुञ्ज पनि हुनुहन्थ्यो । पञ्चायतको प्रतिकुल अवस्थामा पनि उहाँले त्यो बेलाको पत्रकार संघलाई हाक्ने कोसिश गर्नुभयो । उहाँले सधँैभरी राष्ट्रिय, जनजिविका र सामाजिक मूल्य मान्यताको लागि उहाँले प्रतिबद्ध रहेर काम गर्नुभयो, र हामी सबैलाई त्यसको लागि हौसला पनि दिनुभयो । पत्रकार इमान्दार भएर ब्यावसायिक भन्दा पनि सेवाको भावनाले कलम चलाउनुपर्छ भन्नेमा उहाँको जोड हुन्थ्यो । 

जसले जुन पेशा अंगालेको छ, त्यसले राष्ट्रप्रतिको आफ्नो कर्तव्य भुल्न हुन्न भन्नेमा उहाँको गहिरो लगाव थियो । प्रजा परिषद्सँग संलग्न पनि हुनुभयो । टंकप्रसाद आचार्यबाट प्रभावित हुनुहन्थ्यो । राजतन्त्रप्रती उहाँको आस्था थियो तर त्यसले उहाँको पेशलाई फरक परेको थिएन । राष्ट्रियता र जनजिविकाको लागि उहाँ जहिले पनि कलम चलाउन अग्रस्थानमै रहनुभयो । 

अहिलेको भद्रगोल पत्रकारिता देखेर उहाँ पछिल्लो सयम देवघाटमा साधना गरेर बस्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता जगतले ठूलो साधक गुमाएको छ । 

सम्पादकीय नीतिमा प्रष्ट भएको मान्छे हो उहाँ : शिव गाउँले

मैले मणि बावुसँग प्रत्यक्ष रुपमा काम गरेको र उहाँसँग नजिकको संगतको अनुभव गर्न पाइन । तर उहाँसँग संगत गरेका अग्रज पत्रकारहरुले भनेको अनुसार अनि उहाँका कृतिहरु पढ्दा उहाँ निकै खरो स्वभावको पत्रकार हुनुहुन्थ्यो । उहाँ सम्पादकीय नीतीमा प्रष्ट मान्छे हो । पञ्चायतकालमा उहाँले दरवार, सेना र अदालतलाई नछुनु अरु कसैलाई बाँकी नराख्नु भन्ने सम्पादकीय नीति लिनुभएको थियो । 

विचार र अभिब्यक्तिमा बन्देज लगाइएको पञ्चायतकालको बेलामा मणिराज उपाध्याय नेतृत्वको सम्पादहरुको समूहले विचारविना मान्छे बोल्नै सक्दैन भनेर उहाँहरु लड्नुभयो । पञ्चायतविरुद्ध जनमन निर्माण गर्न त्यसले ठूलो भुमिका खेल्यो । 

पत्रकारिताको एउटा पुस्ता सकिन थाल्यो : कुन्दन अर्याल

उहाँको निधनसँगै नेपाली पत्रकारिताको एउटा युग धानेका ब्यक्तिहरु सकिनै थालेका छन् । त्यो पुस्ताका अब निकै थोरै ब्यक्ति हामीमाझ हुनुहुन्छ । मणिराज उपाध्यायले गरेको पत्रकारिता केवल ब्यावसायिक थिएन, पेशामा लगाव थियो । दुई वर्षअघि मैले उहाँसँग अन्तरवार्ता गर्दा पनि पत्रकारितामा ब्यापारीकरण बढ्यो भन्ने ठूलो चिन्ता थियो । उहाँहरुको नजरमा पत्रकारिता साँच्चै एउटा साधना थियो । र समाजको रुपान्तरणको लागि ब्यापारिक प्रलोभनमा नफसिकन कलम चलाउनुपर्छ भन्नेमा उहाँ अडिग हुनुहुन्थ्यो । मणिराज उपाध्यायबाट अहिलेका पुस्ताले साधना, समर्पण र लगाव सिक्नैपर्छ । 

दस्तावेजहरुमा उहाँ राजावादी भएको, तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको सहयोगी भएको पनि पाइन्छ । तर जनजीविकाका सवालमा भने उहाँले कहिल्यै आफ्नो अडान छाड्नुभएन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया