MENU

मनोरञ्जन

USAID

जिग्री र पाँडेको सिनेमामा धुर्मुस सुन्तली

काठमाडौं, पुस २८ – नेपाली सिने क्षेत्रमा हाँस्य कलाकारले निर्माण गरेका सिनेमाले बेग्लै इतिहास रचेका छन् । अहिले त कमेडी जनरामा बनेका सिनेमाले मात्रै दर्शकको साथ पाउँछन् । तत्कालको कुरा गर्ने हो भने सिनेमा छक्का पञ्जा र जात्रालाई लिन सकिन्छ । 

यी सिनेमालाई दर्शकले खुबै रुचाए जुन कमेडी जनरामा बनेका थिए । यीनै सिनेमाको सफलतादेखि हौसिएर हुनसक्छ अर्को हाँस्य सिनेमा पनि बन्ने तरखरमा छ । कलाकारिता र सामाजिक कामबाट दर्शक तथा श्रोताको मन जितेका धुर्मुस सुन्तलीले अबको केही महिनामा चलचित्र निर्माण गर्ने कुरा सार्वजनिक भएको छ ।

हाँस्य कलाकार कुमार कट्टेल उर्फ जिग्री र अर्जुन घिमिरे उर्फ पाँडे सिनेमा निर्माण गर्ने तयारीमा छन् । उनीहरुले सिनेमाको कथा पनि लेखिसकेका छन् ।  टेलिसिरियल ‘भद्रगोल’ बन्द भएपछि हाल उनीहरुले ठूलो पर्दा ताकिरहेका छन् । हामीले उनीहरुसँग चलचित्रको विषयमा प्रश्न गर्दा हाँस्य कलाकार अर्जुन घिमिरेले अहिले सिनेमाको कथा लेख्ने काम सकिएको बताए । 

विस २०७४, वैशाख १ गते सिनेमाको सुभारम्भ गरिने भन्दै उनले चलचित्र कस्तो बन्छ, कोको हुन्छन् त्यसबारे वैशाख १ गते नै थाहा हुने जानकारी दिए । महोत्तरीको बर्दिबासमा निर्माण गर्न लागिएको धुर्मुस-सुन्तलीको तेस्रो नमुना बस्ती नयाँ वर्ष बैशाख १ गते मुसहर समुदायलाई हस्तान्तरण गरेसँगै सिनेमाको शुभमुहर्त पनि गरिने उनले जानकारी दिए ।

सिनेमामा हुने कलाकारको बारेमा कुरा नखोले पनि जिग्रीले नयाँ वर्षमा दर्शकलाई नयाँ कुराको जानकारी दिने भन्दै दाजु भाउजुको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको खुलासा गरे । सीताराम कट्टेल धुर्मुसले पनि यस कुरालाई समर्थन जनाउँदै भाइले निर्माण गर्ने चलचित्रमा आफू देखिन सक्ने संकेत गरेका छन् । 

हेर्नुहोस् भिडियो  

उज्यालाे र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘छक्का पञ्जा’लाई वर्षकै उत्कृष्ट सिनेमा अवार्ड

    काठमाडौं, चैत १३ – डिजिटल सिनेमा नेपाल (डिसिएन) ले यो वर्षको उत्कृष्ट सिनेमा अवार्डद्वारा छक्का पञ्जालाई सम्मानित गरेको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक मल्टिप्लेक्समा सय दिन मनाउँदै १७ करोड रुपैयाँ भन्दा धेरै ग्रश कलेक्शन गरेको भन्दै उक्त अवार्ड दिइएको डिसिएनले जनाएको छ ।

  • ज्यान छउञ्जेल साथ रहन्छौँ : महजोडी

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को ज्यान छउञ्जेलसम्म सहकार्य रहिरहने कलाकार हरिवंश आचार्यले बताउनुभएको छ ।

  • दुई सन्तानकी आमा हुन् ठमेल बजारकी गायिका, ठट्टैमा भएको थियो विवाह

    काठमाडौं, चैत १० – नेपाली चलचित्र ‘लुट–२’को ‘ठमेल बजार’ र ‘पर्व’ चलचित्रको ‘कालेदाइ’ले समकालिन गीतहरुलाई ओझेलमा पारिदिए । ‘ठमेल बजार’लाई यूट्युबमा एक करोड २७ लाख ३६ हजार भन्दा धेरै पटक हेरिएको छ ।

  • भद्रगोलका जयन्तेले चामल धेरै भएर पैसा माग्ने मन बनाए

    काठमाडौं, चैत ९ – टेलिसिरियल भद्रगोलमा जयन्तेको भूमिका निभाएर चर्चित भएका कलाकार गोविन्द कोइरालालाई अब चामल नभएर पैसा माग्न मन लागेको छ ।

  • बुवाको लुगा चोरेर लगाउँछन् सलोन !

    काठमाडौं, चैत ८ – दर्शक र समय अनुसार सिनेमा बनाउने निर्देशक सोभित बस्नेत गेटअपमा निकै ध्यान दिन्छन् । अर्को अर्थमा भन्नु पर्दा उनी फेशनेबल हुन रुचाउँछन् । बजारमा चलेको नयाँ डिजाइनको लुगा उनी किनिहाल्छन् र लगाईहाल्छन् ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया