MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

रेलसँगको सेल्फि माेहले लियो दुई किशोरको ज्यान

माघ ५ – भारतको दिल्लीमा रेलसँग सेल्फि लिने क्रममा दुईजनाको ज्यान गएको छ । शनिबार किशोरको एक समूह गुड्दै गरेको रेलको अगाडि सेल्फि खिच्ने होडमा रेलवे ट्रयाकमा दौडेका थिए । सेल्फि लिइसकेर अरु सबै ट्रयाकबाट बाहिर निस्किन सफल भएपनि दुईजना भने उम्किन सकेनन् र रेल उनीहरुमाथिबाट गुड्यो । ‘फोटो खिच्ने क्रममा उनीहरुले रेल आउँदै गरेको देखे, त्यो देखेपछि सबै लिक बाहिर निस्किए तर त्यही क्रममा विपरित दिशाबाट अर्को रेल आयो र दुई किशोर त्यसको बिचमा फँसे । ती दुईजनालाई विपरित दिशाबाट आउँदै गरेको रेलले ठक्कर दिएको हो’ स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

गएको वर्ष एक अध्ययनले अरु देशको तुलनामा भारतमा सेल्फि खिच्ने क्रममा धेरैले ज्यान गुमाउने गरेको जनाएको थियो ।

भारतमा अहिलेसम्म सेल्फि खिच्ने क्रममा ७६ जनाले ज्यान गुमाएका छन् जबकी विश्वभरी सेल्फि खिच्ने क्रममा ज्यान गुमाउने १ सय २७ छन् ।

गएको वर्ष दुई विद्यार्थीले सेल्फि खिच्ने क्रममा समुन्द्रमा डुबेर ज्यान गुमाएपछि भारतमा १५ वटा ठाउँलाई सेल्फि निषेधित क्षेत्र घोषणा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया