MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

ट्रम्पको आदेश अदालत रोक्यो

माघ २२ – अमेरिकाको एक अदालतकाले मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश तत्कालका लागि रोक्ने आदेश दिएको छ । वासिङटन राज्यको सिएटलमा रहेको संघीय अदालतका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेश तत्लकाका लागि रोक्ने आदेश दिनुभएको हो । संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले देशव्यापी रुपमा लागु हुनेगरी तत्कालका लागि ट्रम्पको आदेश रोक्ने फैसला गर्नुभएको हो । सरकारी वकिलले कुनै पनि राज्यमा राष्ट्रपतिको कार्यकारी आदेश रोक्ने अधिकार हुँदै भन्दै गरेको अपिल न्यायाधीश रोबर्टले खारेज गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गएको हप्ता राष्ट्रपति ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, यमन र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम बन्द गर्ने सम्बन्धी कार्यकारी आदेश दिनुभएको थियो । त्यसपछि अमेरिकासहित विभिन्न देशमा त्यसको विरोधमा प्रदर्शन भएको थियो । राष्ट्रपति ट्रम्पको आदेशपछि विभिन्न विमानस्थलमा समस्या पनि भएको थियो । ट्रम्पको आदेश लगतै विभिन्न अदालतमा त्यसविरुद्ध मुद्दा दायर भएको थियो । वासिङ्टनको सिएटलको अदालतले ट्रम्पको आदेशमा रोक लगाउने गरी गरेको फैसला विरुद्ध सरकारी अधिकारी अपिल भने गर्न पाउने छन् । मिनेसोटाको संघीय अदालतले पनि ट्रम्पको आदेश विरुद्ध फैसला गरेको छ । बोस्टनको अदालतले भने ट्रम्पको पक्षमा फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ । पछिल्लो पटक सिएटलको अदालतले गरेको फैसला ट्रम्प प्रशासनका लागि मुख्य समस्या बनेको छ । अमेरिकाको विदेश मन्त्रालयले ट्रम्पको आदेशपछि ६० हजार भन्दा धेरै भिसा रद्द गरिसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया