MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata Naya Saptati
USAID

जर्मनीको पत्रिकामा डोनाल्ड ट्रम्पको यस्तो कार्टुन

माघ २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक कार्टुनको विषयलाई लिएर जर्मनीको प्रमुख पत्रिका डेअर स्पीगलको आलोचना भएको छ । डेअर स्पीगलले आफ्नो कभरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टाच्यु अफ लिबर्टीको टाउको काटेको कार्टुन छापिएको छ । पत्रिकाको कभरमा छापिएको कार्टुनमा राष्ट्रपति ट्रम्पले स्टाच्यु अफ लिबर्टीको काटिएको टाउको एक हातमा लिनु भएको छ भने अर्को हातमा चक्कु । जर्मनीका धेरै पत्रिकाले यो विषयमा आलोचना जारी गरेका छन् । युरोपियन संसदमा जर्मनीका उपाध्यक्षले कार्टुन निकै घटिया रहेको भन्दै निन्दा गर्नुभएको छ । तर कार्टुनिस्ट एडेल रोड्रिग्वेजले भने कार्टुन लोकतन्त्रको टाउको काटिएको प्रतिक रहेको बताउनुभएको छ । रोड्रिग्वेजले वासिङ्टन पोस्टसँग बिद्रोही संगठन इस्लामिक स्टेट आइएस र डोनाल्ड ट्रम्प दुवै चरमपन्थका दुई टाउको रहेको भन्दै आफूले त्यसको तुनाल गरेको बताउनुभयो । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका र जर्मनीबिचको सम्बन्धमा केही दूरी आएको छ । ट्रम्पले जर्मन चान्सलर एङ्गेला मर्केलको नीतिको आलोचना गरेपछि दुई देशको सम्बन्धमा केही दूरी आएको हो । ट्रम्पले गएको महिना जर्मन चान्सलर मर्केलले ठूलो मात्रामा आप्रबासीलाई स्वागत गरेर गम्भीर त्रुटी गरेको बताउनुभएको थियो । विश्वभरका अरु विभिन्न पत्रिकाले पनि ट्रम्पको विषयमा कार्टुन छापेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया