MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अदालतको फैसला विरुद्ध ट्रम्पको अपिल

माघ २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने अदालतको फैसला विरुद्ध अपिल दर्ता गर्नुभएको छ । अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आदेश निलम्बित गर्ने सम्बन्धी सिएटल अदालतका न्यायाधीशको फैसला विरुद्ध अपिल दर्ता गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । वासिङ्टन राज्यको सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार अबेर ट्रम्पको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गर्नु भएको थियो । न्याय मन्त्रालयले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश देशको सुरक्षाका लागि गरिएको भन्दै त्यसलाई निलम्बित गर्न नहुने माग गर्दै अपिल दर्ता गरेको हो । न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्प, होमल्याण्ड सेम्युरिटी मन्त्री जोन केली र विदेश मन्त्री रेक्स टिल्लर्सनको तर्फबाट अपिल दर्ता गरेको हो । सिएटलका न्यायाधीशले राष्ट्रपतिको आदेश निलम्बित गरेपछि विभिन्न ठाउँमा रोकिएका मानिस अमेरिका प्रवेश गर्न थालेका छन् । विदेश मन्त्रालयले राष्ट्रपतिको निर्देशनपछि रद्द गरेका ६० हजार भन्दा धेरै भिसा फेरि जारी गर्न थालेको छ । ट्रम्पको विरोध तथा अदालतको फैसलाको पक्षमा अमेरिकाको वासिङ्टन, मायामीसहितका शहरमा प्रदर्शन भइरहेको छ । यस्तै पेरिस, बर्लिन, लण्डनसहितका बेलायती शहरमा पनि प्रदर्शन भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया