MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अफगानिस्तान र पाकिस्तानमा हिमपात र हिमपहिरो, १०० जनाको मृत्यु

माघ २४ – अफगानिस्तान तथा पाकिस्तानमा हिमपात तथा हिमपहिरोका कारण एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ । लगातार भइरहेको हिमपात तथा हिमपहिरोका कारण अफगानिस्तानमा पछिल्लो तीन दिनमा एक सय भन्दा धेरैको ज्यान गएको छ । त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो । यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ । त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो । हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको छ । धेरै मानिस घरमै फसेका छन् । हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् । अफगानिस्तान तथा पाकिस्तानका उच्च पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया