MENU

विचार/अनुभूति

यी हुन् एसएसपी छविलाल जोशीका चुनौती

विक्रम सिंह थापा (एसएसपी) - 

अहिले काठमाडौंको समग्र सुरक्षा प्रहरी नियन्त्रणमा छ । शान्ति सुरक्षालाई असर पार्ने खालका गुण्डा राज होस् या अरु अपराध, त्यो पूर्ण रुपमा नियन्त्रणमा छ । अवसर र चुनौतीको राजधानी काठमाडौं सुरक्षा अवस्था प्रहरी नियन्त्रणमा भएपनि प्रहरी भने सधैँ सचेत रहनुपर्ने अवस्था छ । कहाँ कतिखेर के हुन्छ भन्न सक्ने अवस्था छैन र कहिल्यै पनि हुँदैन ।

पछिल्लो समय संगठित अपराधको रुपमा ठूलो मात्रामा नेपालमा सुन भित्रिन थालेको छ । यस्ता संगठित अपराधलाई बेलैमा रोक्नु काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी छविलाल जोशीका चुनौती हुन् । त्यस्तै विभिन्न ‘हिडन’ अपराध छन् जुन बाहिर आउन सकेका छैनन् । त्यस्ता अपराधलाई पनि निर्मुल पार्नु अहिलेको मुख्य चुनौती हो । 

त्यस्तै संगठित रुपमा हुने गुण्डागर्दी पनि एउटा चुनौती हो । सामुदायिक प्रहरीको नेटवर्कको  प्रहरी मेरो साथी अभियानले आम नागरिक र प्रहरीबिच सामिप्यता बढाएको छ । तर यो अभियानले एक ठाउँमा समस्या पनि ल्याएको छ । यसको ज्वलन्त उदाहरण हो टोले गुण्डाले प्रहरी मेरो साथीको नामले संरक्षण पाउनु  ।

यो अभियानमार्फत प्रहरीसँग टोले गुण्डा मिलेर पैसा उठाउने गरेको देखिन्छ । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भोलि डरलाग्दो रुप पनि बन्न सक्छ । त्यसकारण म नयाँ एसएसपीसाब छविलाल जोशीलाई यसतर्फ बेलेमा सोच्न पनि आग्रह गर्छु ।

कुनैपनि अपराधको कोपिला लाग्न दिनुहुँदैन । जसका लागि त्यसको जरै निमोठ्नुपर्छ  । होइन भने त्यसैबाट मान्छे डन बन्छ । कोही पनि एकै पटक डन बन्ने होइन, एकैपटक मान्छे ग्याङ्स्टर बन्ने पनि होइन । तरकारी बेच्नेसँग पैसा उठाउनु पनि गुण्डागर्दी हो, फ्रिमा बाल काट्नु पनि गुण्डागर्दी हो । राजधानीमा अहिले ठूला गुण्डा नभएपनि यस्ता टोले गुण्डाको भने बिगबिगी छ ।  

गुण्डा बन्नुमा ब्रोकन विण्डो थ्योरी लागु हुन्छ । फुटेको झ्यालको सिसा भन्ने सिद्धान्त यसमा लागू हुन्छ । एउटा घरको झ्यालको कुनै सिसा फुट्न थालेको छ भने त्यसलाई बेलैमा टाल्नु पर्छ । यदी टालिएन भने यहाँ मान्छे बस्ने रहेनछ भन्ने बुझेर अर्कोले पनि भोलिपल्ट ढुङ्गा हान्छ र अन्य सिसा पनि फुटाउँदै जान्छ । त्यस्तै बेलैमा टोले गुण्डालाई तह लगाउन सकिएन भने त्यसैबाट गुण्डा नाइके जन्मिन्छन् । ग्याङ् स्टार पनि त्यसै अन्तर्गत पर्छ ।

यस्ता अपराध तथा गुण्डागर्दी तह लगाउन प्रहरीले नयाँ थ्योरी अपनाउनुपर्छ । हामी ट्रेडिसनल पुलिसिङमा आधारित छौं । जसमा बर्दी सोअप पर्छ  । तर अबको प्रहरी अप्रेशन यतिले मात्र पुग्दैन । अब प्रहरीलाई एड्मिस्ट्रेटिभ क्लिनिकल सेन्सको आवश्यकता छ । 

डाक्टरले रोगीलाई निको पार्न  मेडिकल क्लिनिकल सेन्स प्रयोग गर्छ त्यस्तै प्रहरीले पनि एड्मिस्ट्रेटिभ क्लिनिकल सेन्सको प्रयोग गर्नुपर्छ । जसमा अपराधको जरै पत्ता लगाएर कारबाही गर्नुपर्छ । यसो गर्ने हो भने पक्कै पनि अपराधरहित काठमाडौं बनाउन सकिन्छ ।

अहिले धेरै प्रहरी अफिसर आउँदै गरेको विद्यार्थीको चुनावले पनि काठमाडौंमा प्रहरीलाई चुनौती बढेको भन्ने विश्लेषण गरेको छन् । तर त्यो म मान्दिन । चुनाव समय समय भइरहन्छन् । राजनीतिक विषय हो । यसलाई राजनीतिक र प्रशासनिक दुवै तरिकाले ट्रिटमेन्ट गर्नुपर्छ । यसमा सन्तुलित सुरक्षा रणनीति अपनाउन सक्ने हो भने सुरक्षा व्यवस्था बलियो हुन्छ ।  

तर राजनीतिक दबाबले प्रहरी अनुसन्धानलाई असर गर्ने र अपराधीलाई छोड्नु पर्ने भन्ने जुन खालको बुझाइ, म त्यसमा पनि विश्वास गर्दिन । 

राजनीतिक दबाबमा आएर अपराधीलाई छोड्नु पर्‍यो भनेर कुनैपनि प्रहरी अफिसरले भन्छ भने त्यो निर्लज्ज प्रहरी अफिसर हो, उसले आफ्नो निकम्मा लुकाउने काम गरेको छ ।  उसले आफ्नो कमीकमजोरीलाई छोप्नका लागि राजनीतिक नाम लिएर पन्छिने प्रवृति हो । 

कुनैपनि प्रहरी अफिसर राजनीतिक दबाबमा नपरी अघि बढ्ने हो भने नेता पनि पछि हट्छन् । यो प्रहरीले भनेको मान्दैन् त्यसकारण यसलाई भन्नु हुन्न भने नेताले बुझ्छन् । यो आवश्यकता पनि हो ।

त्यसकारण अपराध नियन्त्रण गर्न आफ्नो टिमलाई सही तरिकाले मोबाइलाइज गर्ने, कुनै प्रभावमा नपर्ने, स्वतन्त्र, निश्पक्ष, निर्भिक र निष्ठापूर्वक रुपमा काम गर्ने, जनता र मातृभूमि मेरा सर्वोपरी हुन् भन्ने सम्झिने, म जनताको सेवक हुँ भन्ने भावनाले काम गर्ने प्रहरी अफिसर सफल हुन्छ ।

यिनै कुरालाई ध्यान राखेर काम गर्ने हो भने एसएसपी छविलाल जोशी सफल हुनुहुन्छ र उहाँले यिनै कुरालाई ध्यान दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । उहाँका लागि यो अवसर र चुनौती दुवै हो । 

(महानगरीय प्रहरी परिसर काठमाडौंका पूर्व प्रमुख तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक थापासँग नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया