MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

लालसालाई अर्काको बच्चा चोर्न उक्साउने को ?

मिलन तिमिल्सिना –

पर्साकी लालसादेवीको विवाह भएको ५ वर्ष भइसक्दा समेत सन्तान भएन । सन्तान सुखको लागि उनले अर्काको बच्चा चोर्ने आपराधिक बाटो रोजिन् । अस्पतालबाट चोरेको बच्चालाई आफुले जन्माएको भन्दै माइती पुग्दा उनलाई प्रहरीले पक्राउ ग¥यो । अहिले उनी ‘अर्काको बच्चा चोर’ भनेर बदनाम भएकी छिन् । 

लालसालाई अर्काको बच्चा चोर्नुपर्ने बाध्यता किन आयो होला ? पक्कै पनि उनलाई सन्तान नभएको पीडाभन्दा बच्चा चोरको बदनाम सहनु सजिलो थियो । सन्तान भएन भन्दै घरपरिवार र समाजले दिएको मानसिक यातनाको चोट ठूलो थियो । जसरी पनि बच्चा देख्न चाहने परिवार र बच्चा नभएकी महिला भन्दै अर्कै दृष्टिले हेर्ने समाजले नै उनलाई बच्चा चोर बनाएको हुनुपर्छ । यसमा लालसाजस्तै निःसन्तान दम्पतीले भोग्नुपरेको पीडालाई बुझ्न नसक्ने परिवार र समाज सबैभन्दा दोषी हुन् ।

डाक्टरहरुका अनुसार ढिलो विवाह, आधुनिक रहनसहन तथा खानपानको कारण धेरै दम्पतीले सन्तान सुख पाएका छैनन् । यसमा पुरुषभन्दा पनि महिलाको संख्या धेरै छ । विवाह गरेको दुई/चार वर्षमा समेत बच्चा भएन भने दम्पती स्वास्थ्य जाँचको लागि अस्पताल पुग्छन् । औषधी उपचार गरेपछि कतिको बच्चा पनि भएको छ । तर सबैको उपचार सम्भव छैन । लाखौं खर्च गरेर पनि सन्तान नभएका दम्पती समाजमा धेरै छन् ।

सन्तान नहुनुको पीडा पुरुषले भन्दा बढी महिलाले सहनुपर्छ र सहिरहेका छन् । कुनै साथी या आफन्तलाई लामो समय भेट्दा उसले सोध्ने पहिलो प्रश्न हुन्छ–अनि बच्चा कतिवटा भए नि ? बच्चा नै नभएकी महिलालाई बच्चा कतिवटा या कत्रा भए भनेर सोध्दा उनलाई कस्तो चोट पुग्ला ? यो चोट आफन्त, परिवार र समाजले देख्न सकेका छैनन् । 

घरमा समेत सन्तान नभएकी महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्छ । बुहारीकै कारण सन्तान नभएको थाहा पाएपछि बुवाआमाले छोरालाई अर्को विवाह गर्न दबाब दिन्छन् । बाआमाले दबाब नदिएपनि कतिपय पुरुष श्रीमतीबाट बच्चा नहुने बित्तिकै अर्को विवाह गर्न तम्सिन्छ । ‘सौता’ शब्द सुन्ने बित्तिकै पीडा हुने निर्दोष महिला श्रीमानले ‘कान्छी’ ल्याएको टुलुटुलु हेर्न विवश छिन् । बच्चा नभएकामध्ये कतिपय महिलाको बाध्यता छ– कि जसरी पनि बच्चा जन्माउनुपर्यो, नभए ‘सौता’ सहनुपर्यो । ‘सौता’ रोज्नुभन्दा ती महिलालाई जसरी पनि बच्चा रोज्नुपर्ने हुन्छ । शायद लालसाको बाध्यता यही थियो ।

लालसा जस्ता निःसन्तान महिलालाई पीडामाथि पीडा थोपर्ने तपाईंहामी नै हौं । घरपरिवार, माइती मावल र अरु आफन्तले दिने मानसिक यातना एकातिर छ । तपाईंहामीले पनि जानीनजानी उनलाई यातना दिइरहेका हुन्छौं । विवाहित साथी या अरु कोहीलाई भेट हुने बित्तिकै ‘अनि बच्चा कति भए नि ?’ ‘छोरा, छोरी के भए ?’ ‘कतिमा पढ्छन् ?’ ‘ए अझै भएको छैन ! कहिले त ?’ ‘बेलैमा जन्माउनुपर्छ है, नत्र दुःख पाइन्छ ?’....भनेर सोध्छौं । 

बच्चा भएकी महिला रहिछिन् त भने उनले दिने जवाफ सहज हुन्छ । तर कल्पना गर्नुहोस्, तपाईंको प्रश्न सुन्ने महिला निःसन्तान हुन् भने उनलाई कति चोट पर्ला ? 

याद गर्नुहोस्, तपाईंहाम्रा धेरै साथी, आफन्त र नातेदारमध्ये कोही न कोही निःसन्तान छन् । बच्चा नहुँदाको पीडाभन्दा तपाईंहामीले गर्ने प्रश्न र घरपरिवार तथा समाजले दिने दबाबले उनीहरुलाई पर्ने चोट ठूलो हुन्छ । 

स्वभाविक छ, सबै दम्पतीको सन्तान हुन सक्दैन । सन्तान नहुँदा पनि उनीहरुले आफ्नो जिन्दगी सहज रुपमा बिताउन सक्छन् । आफ्नो सन्तानले गर्ने माया अरुबाट पनि पाउन सक्छन् । सन्तान नहुनु जिन्दगीमा सबैथोक अन्त्य हुनु होइन ।

श्रीमान–श्रीमतीमध्ये एकजनाको कारणबाट सन्तान नभएपनि उनीहरुको रथको पाङ्ग्रा थपघट हुन र जसरी पनि बच्चा पाउन विवश हुनुपर्ने अवस्था ल्याउन नदिन घरपरिवार र समाजकै भूमिका महत्वपूर्ण हुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया