MENU

साहित्य/ कला

Ncell Axiata
USAID

कविता- अामा


                                                       आमा

                                                                                                            - अनुपम शर्मिला

आफू रहेर भोकै मलाई अमृत दिन्थ्यौनी आमा
चौधारा रुँदै काखमा तिम्ले लिन्थ्यौनी आमा ।।

घरैमा बसी आटो र पिठो खाएका दिन सम्झे
बालापनमा नाना र चाचा लाएका दिन सम्झेँ

आलाप विलाप गर्दै नरुनु आमा मलाई सम्झेर 
आफ्नो लक्ष्यमा पुगनी एकदिन आउनेछु फर्केर ।

सम्झना आउँदा तस्बिर हेरी चित्त है बुझाउनु
बहिनी र भाइ अनि बुवाको साथमा रमाउनु ।

चाडपर्व आउँदा सम्झेर छोरी नरुनु लुकेर
व्यर्थैमा चिन्ता गरेमा शरीर जानेछ सुकेर ।।

बाध्यता मेरो रहर हैन टाढा भइ बस्नलाई 
फर्केर आउँछु नि आमा ति आँसु पुछ्नलाई ।।

अनेक कुरा नसोची धैर्य गरी बस्नु है घरमा
स्वास्थ्यको ख्याल गर्नु है आमा प्रत्येक पलमा ।।

भेदभाव कहिल्यै नगर्नु आमा, छारा र छोरीमा
यसोमा गरे हुन्छनी सुख जिन्दगी भरिमा ।।

हाँसी र खुशी रहेर सधैँ आफैमा रमाउनु
मनका कथा अरुलाई आमा कत्तिनी नसुनाउनु ।।

अनेकौं सपना बोकेर आज टाढा म आउँदामा
सम्झन्छु तिम्लाई पराईको ठाउँमा दुःखमा पाउँदामा ।।

आमा यदी तिम्रो दूधको भारा तिर्नमा नसके
भन्दछु आफै हुन्छनी अब म साँच्ची नबाँचे ।।

तिमीभन्दा ठूलो या संसारमा छैन कुनै त्यस्तो भगवान्
आदर र सत्कारका शब्दले गर्छु आमा म तिम्रो सम्मान ।।

तिम्रो ममताको काखमा यसरी नै रमाउने छ चाहना
स्वस्थ र खुसी रहनु सधैँ यही छ शुभकामना ।।

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया