MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारतमा भूकम्प

माघ २५ – भारतको दिल्लीसहितका ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।  सोमबार राति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन । भूकम्पपछिको अवस्थाका बारेमा मन्त्रालयले निगरानी गरिरहेको गृहमन्त्री राजनाथ सिंहले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया