MENU

अन्तर्राष्ट्रिय

USAID

ट्रम्पको पक्षमा न्याय मन्त्रालय

माघ २५ – अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशको पक्षमा वकालत गरेका छ । न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आदेश न्यायसंगत रहेको बताएको हो । १५ पृष्ठ लामो सुझावमा न्याय मन्त्रालयले पुनरावेदन अदालतलाई राष्ट्रपतिको आदेश देशको सुरक्षाका लागि भएको भन्दै त्यसलाई नरोक्न आग्रह गरिएको छ । राष्ट्रपतिको कार्यकारी निर्देशन मुस्लिममाथिको प्रतिबन्ध नरहेको न्याय मन्त्रालयको दाबी छ ।

अदालतमा राष्ट्रपतिको आदेशको विषयमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ । वासिङ्टनको सिएटलमा रहेको संघीय अदालतले गएको शुक्रबार राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने आदेश दिएपछि सन फ्रान्सिस्कोको पुनरावेदन अदालतमा त्यसविरुद्ध अपिल दर्ता भएको छ ।

न्यायाधीशहरुले राष्ट्रपतिको निर्देशन देशको स्वार्थका लागि हानिकार र असंवैधानिक रहेको बताएका छन् । तर न्याय मन्त्रालयले भने आदेशको पक्षमा सुझाव दिएको छ । न्याय मन्त्रालयले राष्ट्रपतिसँग देशको सुरक्षालाई लिएर निर्णय गर्ने अधिकार हुने भएकाले राष्ट्रपतिको आदेश गैरसंवैधानिक नहुने जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया