MENU

अन्तर्राष्ट्रिय

USAID

भारतका कैलाश सत्यार्थीको नोबेल पुरस्कारको डमी चोरी

काठमाडौं, माघ २५ – भारतीय नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नोबेल पुरस्कारको डमी चोरी भएको छ । दक्षिणी दिल्लीको घरबाट सत्यार्थीको नोबेल पुरस्कारको डमी र प्रमाणपत्र चोरी भएको हो । 
भारतमा बालअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत सत्यार्थीले सन् २०१४ मा नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो । घरमा कोहि नभएको बेला उहाँको घरमा चोरी भएको र त्यसै क्रममा पुरस्कारको डमी पनि चोरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

सत्यार्थीले आफ्नो पुरस्कारको सक्कल भने राष्ट्रपति कार्यालयलाई दिनुभएको थियो । चोरीबारे दिल्ली प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया