MENU

अन्तर्राष्ट्रिय

USAID

सिरियामा ५ वर्षमा १३ हजारभन्दा धेरैलाई मृत्युदण्ड दिइएको एम्नेष्टीको प्रतिवेदन

काठमाडौं, माघ २५ – मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा पछिल्लो पाँच वर्षमा गोप्य रुपमा १३ हजारभन्दा धेरै मानिसलाई मृत्युदण्ड दिइएको दावी गरेको छ । 

एम्नेष्टीको नयाँ प्रतिवेदन अनुसार सिरियाको सयद्नाया जेलमा सन् २०११ देखि २०१५ को बिचमा हरेक हप्ता सामूहिक रुपमा फाँसी दिने गरिएको थियो । मृत्युदण्डको सजाय दिइएकामा धेरै विपक्षी पार्टीका समर्थक तथा सर्वसाधारण रहेको पनि एम्नेष्टीले दावी गरेको छ । 

एम्नेष्टीले जेलका सुरक्षाकर्मी, कैदी तथा न्यायाधीश गरी ८४ जना प्रत्यक्षदर्शीसँगको अन्तर्वार्ताको आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । कम्तिमा हप्तामा एक पटक ५० जना कैदीलाई जेलबाट निकाल्ने र उनीहरुलाई चरम यातना दिएपछि झुण्ड्याउने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जेलबाट निकालिएदेखि झुण्ड्याउने क्रमसम्म उनीहरुको आँखामा पट्टी बाँधिएको हुन्थ्यो, उनीहरुको घाँटीमा डोरी नपुगेसम्म कुनबेला र कसरी हत्या गरिन्छ भन्ने थाहा हुँदैनथ्यो  प्रतिवेदनमा भनिएको छ । कैदीबन्दीलाई मृत्युदण्ड दिनुअघि कुनै अपराधमा संलग्न भए नभएको बारे सोधिने तर संलग्नता भएपनि नभएपनि उसलाई फाँसी दिने गरिएको एक पूर्व सैन्य न्यायाधीशलाई उद्धृत गर्दै एम्नेष्टीले प्रतिवेदनमा उल्लेख गरेको छ । बन्दिगृहमा राखिएका कैदीहरुलाई बलात्कार गर्नुका साथै एकअर्कालाई बलात्कार गर्न दबाबसमेत दिने गरिएको थियो । 

यस्तो क्रम अहिलेपनि जारी रहेको हुनसक्ने एम्नेष्टीले जनाएको छ । सिरिया सरकारले भने यसअघि मृत्युदण्ड दिएको अस्वीकार गर्दै आएको थियो । संयुक्त राष्ट्रसंघले पनि यसअघि सिरियाका जेलमा कैदीलाई यातना दिने र सामूहिक हत्यासमेत गर्ने गरिएको बताएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ट्रम्पद्वारा जलवायु परिवर्तन सम्बन्धी ओबामाको नीति रद्द

    चैत १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको जलवायु परिवर्तन सम्बन्धी नीति रद्द गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले जलवायु परिवर्तन रोक्ने सम्बन्धमा जारी गरेको नीतिहरु रद्द गर्ने सम्बन्धी कार्यकारी ओदशमा हस्ताक्षर गर्नुभएको हो ।

  • ४२ करोडको एउटा सिक्का, संग्रहालयबाट भयो चोरी

    चैत १५ – जर्मनीको एक संग्रहालयबाट सुनको सिक्का चोरी भएको छ, जसको मूल्य झण्डै ४० लाख अमेरिकी डलर अर्थात ४२ करोड नेपाली रुपैयाँ रहेको छ । सिक्काको अंकित मूल्य भने दश लाख डलर छ ।

  • आणविक हतियार सुरक्षाका लागि आवश्यक–अमेरिका

    चैत १५ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य सहित झण्डै ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमाथिको बहस बहिष्कार गरेका छन् ।

  • रुसका मूख्य विपक्षी नेता पक्राउ

    चैत १४ – रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो ।

  • अर्थ आवरः १७२ देशका ७००० शहरमा एक घण्टा बत्ती निभाइयो

    चैत १३ – जलवायु परिवर्तनको बारेमा ध्यानाकर्षण गराउन विश्वका प्रमुख ठाउँमा एक घण्टा बत्ती निभाइएको छ । अर्थ आवर मनाउने क्रममा विश्वका एक सय ७२ देशका सात हजार भन्दा बढी शहरमा एक घण्टा अनावश्यक बत्ती निभाइएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया