MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न

माघ २६ – अमेरिकाको पुनरावेदन अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश मुस्लिममाथिको विभेद रहे नरहेको विषयमा सुनुवाई भएको छ । सुनुवाईको क्रममा न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो कि होइन यसबारेमा जवाफ पेश गर्न भनेको छ ।

सन फ्रान्सिस्कोमा रहेको पुनरावेदन अदाललतमा यस विषयमा सुनुवाई सुरु भएको हो । न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिममाथिको विभेद हो वा होइन भन्ने बारे जवाफ पेश गर्न भन्नुभएको हो । न्यायाधीश क्लिफ्टनसहित तीन न्यायाधीशको इजालासमा भएको सुनुवाईमा पक्ष र विपक्षका वकिलबिच एक घण्टासम्म बहस भएको थियो । सन फ्रान्सिस्को पुनरावेदन अदालतले यो केही दिनमा आफ्नो फैसला दिनेछ । राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि धेरै नागरिक प्रभावित भएका थिए ।

तर गएको हप्ता वासिङ्टनको सिएटलमा रहेको संघीय अदालतले राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । सिएटल अदालतको फैसला विरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो ।

पुनरावेदन अदालतले जे फैसला गरे पनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले नै गर्ने सम्भावना छ । धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया