MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अफगानिस्तानमा आइएसद्वारा रेडक्रसका ६ कर्मचारीको हत्या, २ जनाको अवस्था अज्ञात

काठमाडौं, माघ २६ – अफगानिस्तानको उत्तरी प्रदेशमा इस्लामिक स्टेट (आइएस) को एक हतियारधारी समूहले बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेका छन् । 

हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिएको सिन्ह्वाले जनाएको छ । ‘दुर्भाग्यवस जौजाङ प्रान्तमा भएको अप्रिय घटनामा ६ जना हाम्रा कर्मचारीको ज्यान गएको छ’ उहाँले भन्नुभयो । 

आइएस समर्थित लडाकुहरुको समूहले आठ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जना को हत्या भएको अवस्थामा भेटिएका थिए । दुई जनाको अवस्था अज्ञात छ । घटनाका पीडित सबै जना अफगानिस्तान कै रहेका छन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तिब्र बनाएको बताएको छ । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरतर्फ पर्दछ । 

आईएस सन् २०१५ देखि अफगानिस्तानमा सक्रिय भएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया