MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

ट्रम्पकी छोरीको कम्पनीको उत्पादन बिक्न छोड्यो, राष्ट्रपति आक्रोशित

माघ २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरीको व्यवासायिक ब्राण्डका लुगा बेच्च छोडेको पसलको आलोचना गर्नुभएको छ । खुद्रा व्यापारिक समूह नोर्डस्ट्रोमले ट्रम्पकी छोरी इभान्का ट्रम्पको स्वामित्वमा रहेको कम्पनीको कपडा बिक्री गर्न छोडेको हो । नोर्डस्ट्रोमले कम बिकेको भन्दै इभान्काको कम्पनीका कपडा बिक्रीमा रोक लगाएपछि राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आलोचना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रोमले इभान्कालाई निकै  अन्यायापूर्ण व्यवहार गरेरको आरोप लगाउनुभयो । राष्ट्रपतिले आफ्नी छोरीको कम्पनीका लुगा बेच्न बन्द गर्ने खुद्रा व्यापारीको यसरी आलोचना गरेपछि डेमोक्र्याटिकले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपति जस्तो जिम्मेवारी सम्हालेको व्यक्तिले कुनै पनि निजी तथा व्यक्तिगत व्यावसायिक फर्मको पक्ष र विपक्षमा बोल्नु पदको मर्यादा विपरित रहेको भन्दै सिनेटरले आलोचना गरेका छन् । यस्तै ह्वाइट हाउसका एक पूर्व कर्मचारीले राष्ट्रपतिको काम निकै अपमानजनक रहेको बताए । नोर्डस्ट्रोमले फेब्रुअरीको सुरुदेखि इभान्का ट्रम्पको कम्पनीका कपडा बिक्री गर्न छोडेको हो । यसरी इभान्काको कम्पनीका कपडा बिक्री गर्न छोड्ने नोर्डस्ट्रोम पाँचौं रिटेलर हो । ट्रम्पका सबै उत्पादन बहिष्कार गर्ने अभियान अन्तर्गत यस्तो गरिएको हो । अधिकारकर्मीले महिलाका विषयमा ट्रम्पले सन् २००५ मा गरेको अश्लिल टिप्पणीको विरोधमा अहिले ट्रम्पका सबै उत्पादन बहिष्कार गर्ने अभियान चलाइरहेका छन् ।

आफ्नो परिवारका सदस्यको उत्पादन बिक्री गर्न अस्वीकार गर्ने निजी फर्मका बारेमा राष्ट्रपतिले बोल्नु निकै अपमानजनक र अनैतिक रहेको पेन्सिलभेनियाका सिनेटर बब क्यासीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया