MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अफगानिस्तानमा रेडक्रसका ६ कर्मचारीको हत्या

माघ २७ – बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् । अफगानिस्तानको जोव्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् । दुई जना रेड क्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको आशंका छ । आइसिआरसीले घटनाको पुष्टि गर्दै हत्या कसले र किन गरेको हो भन्ने थाहा नभएको जनाएको छ ।

आइसिआरसीले इराकमा गर्दै आएको काम अस्थायी रुपमा बन्द गरेको छ । आइएसले सन् २०१५ देखि इराकमा हिंसात्मक गतिविधि गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया