MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने अदालतको फैसला यथावत

माघ २८ – अमेरिकाको एक पुनरावेदन अदालतले  राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने यसअघिको फैसला यथावत रहने निर्णय गरेको छ । यसअघि ट्रम्पको विवादित यात्रा प्रतिबन्धको आदेशलाई तल्लो अदालतले रोक्ने निर्णय गरेपछि त्यो विषय त्यहाँको पुनरावेदन अदालतमा पुगेको थियो । पुनरावेदन अदालतले पनि तल्लो अदालतको फैसला यथावत रहने निर्णय गरेपछि ट्रम्पलाई झट्का लागेको छ । ट्रम्पले राष्ट्रपतिको सपथ लगत्तै सात वटा मुस्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका थिए । अदालतको फैसला लगत्तै ट्रम्पले ट्वीट गर्नुभएको छ – ‘अब अदालतमा भटौँला, देशको सुरक्षा खतरामा छ ।’            

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया