MENU

यो पनि समाचार

ujyaalo forign call inside

५०० किलोकी इमान तौल घटाउन भारतमा

माघ २९ – विश्वकै मोटी मध्येकी एक इजिप्टकी इमान अहमद तौल घटाउन भारतको मुम्बई पुग्नुभएको छ । ५ सय किलो तौलकी इमान मुम्बईको सैफी अस्पतालमा तौल घटाउने शल्यक्रियाका लागि आफ्नी दिदीसँग शनिबार बिहान पुग्नुभएको हो । विशेष कार्गोविमानबाट एमान मुम्बई विमानस्थलमा अवतरण गर्दा र अस्पतालसम्म पु¥याउन सुरक्षा व्यवस्था कडा परिएको थियो । उहाँलाई विमानबाट एम्बुलेन्समा सार्न ४० मिनेट लागेको थियो । इमानलाई अस्पताल नपु¥याउँदै अस्पताल परिसरमा उहाँलाई हेर्नेको भिड जम्मा भइसकेको थियो । ३६ वर्षीया इमान २५ वर्षपछि घरबाट बाहिर निस्किनुभएको हो । भारतमा उपचारका लागि यात्रा गर्न भिसा आवश्यक पर्ने तर भिसा आवेदनका लागि दूतावाससम्म जान नसक्ने भएपछि उहाँको उपचारका लागि सहयोग गरेका डा. मुफज्जल लक्दवालाले ट्वीटर मार्फत भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई अनुरोध गर्नुभएको थियो । एमान सैफी अस्पतालमा झण्डै ६ महिना रहने भारतीय संचार माध्यमले जनाएका छन् । उहाँको शल्यक्रिया कहिले हुने भन्ने अस्पतालले सार्वजनिक गरेको छैन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया