MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

विज्ञान प्रविधि क्षेत्रमा महिलाको पहुँच बढाउन अन्तर्राष्ट्रिय दिवस मनाईंदै

माघ २९ – विज्ञानमा महिला तथा बालिका सम्बन्धी अन्तर्राष्ट्रिय दिवस शनिबार मनाईदै छ । विज्ञान तथा प्रविधि शिक्षाको क्षेत्रमा महिला तथा बालिकाको पहुँच बढाउने उद्देश्यले फेब्रुअरी ११ का दिन यो दिवस मनाउने गरिएको छ । 

दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि विज्ञान शिक्षामा महिला तथा बालिकाको पहुँचले सहयोग गर्ने भएकाले आआफ्नो स्थानबाट सक्दो पहल गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्र्रेसले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित शिक्षामा महिलामाथि गरिने गरेको विभेद अन्त्य हुने पर्नेमा जोड दिनुभएको छ ।

यी क्षेत्रमा महिला तथा बालिकाको पहुँच बढाउन सकिएमा विश्वको विकासमा सहयोग पुग्ने उहाँको भनाई छ । गएको १५ वर्षदेखि समयमा महिला र बालिकालाई विज्ञानको क्षेत्रमा अग्रसर बनाउन विभिन्न काम भएका छन् । तर त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ । 

१४ देशमा गरिएको एक अध्ययनले विज्ञान संकायका विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्ने महिलाको संख्या क्रमशः १८ प्रतिशत, ८ प्रतिशत र २ प्रतिशत रहेको छ । जबकी पुरुषमा यो संख्या ३७ प्रतिशत, १८ प्रतिशत र ६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया