MENU

अन्तर्राष्ट्रिय

USAID

उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण

फागुन १ – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइलका बारेमा विस्तृत विवरण प्राप्त नभएको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ मा गरेको यो पहिलो मिसाइल परीक्षण हो । उत्तर कोरियाले गएको वर्ष धेरै आणविक परीक्षण गरेको थियो । गएको जनवरीमा उत्तर कोरियाका नेता किम जोन–उनले आफ्नो देश आणविक हतियारसहितको लामो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षणको तयारीमा रहेको बताउनुभएको थियो ।

उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल तथा आणविक परीक्षणका कारण कोरिया प्रायद्विपमा तनाव बढ्दै गएको छ । गएको हप्ता दक्षिण कोरिया भ्रमणको क्रममा अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा त्यसको गतिलो जवाफ दिइने बताउनुभएको थियो ।

उहाँले अर्को वर्ष दक्षिण कोरियाले मिसाइल सुरक्षा प्रणाली राख्ने अमेरिकाको योजना रहेको पनि बताउनुभएको थियो । उत्तर कोरियाले गएको वर्ष पाँचौं आणविक परीक्षण गर्दै आफू अमेरिकासम्म मार हान्न सक्षम रहेको दाबी गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया