MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

​पाकिस्तानको निर्वाचन आयोग पूर्ण स्वायत्त

फागुन १ – पाकिस्तानले निर्वाचन अयोगलाई पूर्ण रुपमा स्वायत्त बनाउने निर्णय गरेको छ । चुनाव सुधार सम्बन्धी संसदीय समितिले दिएको सुझाव अनुसार पाकिस्तान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्त बनाउने निर्णय गरेको पाकिस्तानी पत्रिका दुनियाले जनाएको छ । यस्तै चुनावमा महिला सहभागीको विषयमा पाकिस्तानले सुधार गरेको छ । नयाँ नियम अनुसार हरेक राजनीतिक पार्टीले कुनै पनि चुनावमा कम्तिमा पाँच प्रतिशत टिकट महिला उम्मेदवारलाई दिनु पर्ने भएको छ ।

यस्तै कुनै पनि सिटका लागि भएको मतदानमा कम्तिमा १० प्रतिशत महिलाको मत परेमा मात्रै त्यसले वैधानिकता पाउने व्यवस्था पनि गरेको छ । यसलाई चुनावमा महिला सहभागिताको पक्षमा पाकिस्तानले गरेको राम्रो सुधार मानिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया