MENU

अन्तर्राष्ट्रिय

USAID

चोरी भएको सत्यार्थीको नोबेल पुरस्कारको डमी भेटियो

फागुन २ – नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको चोरी भएको नोबेल पुरस्कारको डमी प्रहरीले बरामद गरेको छ । दिल्लीको दक्षिणी क्षेत्रमा रहेको सत्यार्थीको घरबाट उहाँको नोबेल पुरस्कारको डमी अर्थात रेपिल्का र प्रमाणपत्र चोरी गएको माघ २५ गते चोरी भएको थियो । उहाँको चोरी भएको नोबेल पुरस्कारको डमी र प्रमाणपत्र दुवै बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सत्यार्थीले आफ्ना सक्कली नोबेल पुरस्कार राष्ट्रपति भवनलाई दिएका थिए । भारतमा बालअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत सत्यार्थीले सन् २०१४ मा नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो ।

उहाँले पाकिस्तानकी बालिका शिक्षाको पक्षमा वकालत गर्ने मलाला युशुफजाईसँगै नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया