MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

अमेरिकाको अग्लो बाँध फुट्ने खतरा

फागुन २ – क्यालिफोर्नियामा रहेको अमेरिकाकै सबैभन्दा अग्लो बाँध फुट्ने खतरा बढेको छ । ठूलो पानी परेका कारण बाँध कमजोर भएकाले फुट्ने खतरा रहेको भन्दै सरकारी अधिकारीले उत्तरी क्यालिफोर्नियाका कम्तिमा एक लाख ३० हजार मानिसलाई आफ्नो घर खाली गर्न भनेका छन् । दुई ३० मिटर अग्लो ओरोभिल्ला बाँध जुनसुकै बेला फुट्ने अवस्थामा पुगेको अधिकारीले बताएका छन् । बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । ठूलो वर्षाका कारण बाँधको रिजभाएरमा पानीको सतह बढेको छ । ओरोभिल्ला तालमा लगाइएको बाँधमा यस्तो आपतकालिन अवस्था आएको यो ५० वर्षमा पहिलो घटना हो । आइतबारदेखि तालको पानी मुख्य मार्गबाट एक लाख क्युसेकप्रति सेकेण्डका दरले सुरक्षित रुपमा निकासा गर्न थालिएका क्यालिफोर्नियाको जलस्रोत विभागले जनाएको छ । पानीको निकासा गरिरहेको भएपनि खतरा भने रहेको विभागले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया